बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जापानको कान्साईमा बस्ने नेपालीबीच परिचयात्मक कार्यक्रम

सोमबार, २७ कात्तिक २०७४, १५ : ००
सोमबार, २७ कात्तिक २०७४

जापान– नेवाः जागरण मञ्ज जापानले कान्साई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुवीच भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ । वल्र्ड नेवा ःअर्गनाईजेशन जापानको संयोजन र नेवा ः जागरण मंचको आयोजनामामा हुने उक्त कार्यक्रम  नोभेम्बर १५ तारेखमा क्योटोमा हुनेछ ।

नेपालका विभिन्न जिल्लाहरुबाट जापानको कान्साई क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुको एकआपसमा सद्भावपूर्ण भेटघाट, परिचय तथा समसामयिक बिषयमा बिचार आदानप्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

क्योतोको कावारामाची स्थित हिमालय रेस्टुरेन्टमा साँझ हुने कार्यक्रममा जापानबासी नेपालीहरुलाई उपस्थितका लागि आयोजकले अनुरोध गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप