बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सौगातको बेनिशासँग ‘झ्यानाकुटी’

सोमबार, २७ कात्तिक २०७४, १४ : ५४
सोमबार, २७ कात्तिक २०७४

काठमाडौं –अभिनेता सौगात मल्लले अभिनेत्री बेनिशा हमाललाई पत्नीको रुपमा भित्र्याएका छन् । उनले रियल लाइफमा भन्दा पनि रिल लाइफका लागि बेनिशालाई पत्नी बनाएका हुन् ।

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘झ्यानाकुटी’मा सौगात र बेनिशालाई पति पत्नीकोको रुपमा देख्न सकिन्छ । चलचित्रले अहिले एक नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा पनि सौगात र बेनिशाको रोमान्स देख्न सकिन्छ, भने सुमी मोक्तान र बालकलाकार एस्टल गुरुङ पनि देखिएका छन् ।

प्रदीप भारद्वाजको शब्द, बिकाश चौधरीको संगीत र धर्मेन्द्र सेवानको स्वर रहेको यो गीत धम्पुसको रमणिय बाताबरणमा छायाँकन गरिएको निर्माण युनिटले जनाएको छ । 

निशा आधिकारी र सिमोश सुनुवारको निर्माण रहेको चलचित्र सिमोशले निर्देशन गरेका हुन् । चलचित्रले प्रेमपछि बिबाहमा बाँधिएका एक जोडीको कथा बिषयबस्तुको रुपमा देखाउने प्रयास गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप