बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पावर टिलर हैन अब ‘मेघा टी’

सोमबार, २७ कात्तिक २०७४, १४ : ३७
सोमबार, २७ कात्तिक २०७४

काठमाडौ–  किर्लोस्कर ओयल ईन्जिन्स लिमिटेडले भारत, बंगलादेश र नेपालका साना र २ हेक्टर भन्दा कम कृषियोग्य जग्गा भएका कृषकको आवश्यकतालाई मध्यनजर गरेर कृषि मसिनीकरण क्षेत्रमा विकास गरी ‘मेघा टि’ बजारमा ल्याएको छ । 

किर्लोस्करले आफ्नो उत्पादन भारत, बंगलादेश र नेपालका बिक्रेता मार्फत किसानहरुलाई घर दैलोसम्म पुर्याएको जनाएको छ । नेपालमा दुगड व्रदर्श एण्ड सन्स प्रालिले यो उपकरणको बिक्री बितरणको जिम्मा लिएको जनाइएको छ । “मेघा टि” एक टिलर जस्तै देखिन्छ तर यसमा बसेर चलाउँदा, भिजेको वा सुक्खा  खेतमा ट्रेक्टर जस्तै काम गर्न सजिलो हुने बहु उपयोगी मेसिन भएको कंपनीको भनाई छ ।

किर्लोस्करका १.५ देखि २८ एच.पी. सम्मको डिजल ईन्जिन, पम्प सेट जस्ता २५ भन्दा बढि उत्पादनहरु ५ क्षेत्रमा क्रमशः  कृषि मसिनीकरण, पम्प सेट, औद्योगिक, कृषि औद्योगिक, समुद्री आदि गरी संसारभरकै बजारमा पुगेको बताइएको छ । 

किर्लोस्कर ओयल ईन्जिन्स लिमिटेडले पछिल्लो दुई वर्षमा कृषक माझ “मेघा टि” अत्यन्तै सफल रहेको बताएकोे छ । २०१६ को धेरै पुरस्कारहरु प्राप्त गरेको यस मेसिन नेपालको बजारमा बिस्तार गर्न पाउँदा श्रीमान् रंजित घोषले खुसी ब्यक्त गरेका छन् । 

 संसारभरी प्रख्यात किर्लोस्कर ओयल ईन्जिन्स लिमिटेड भारतको एक बिश्वसनीय कंपनी रहेको र यस कंपनीसँग आबद्ध भई नेपालका अधिकांश साना कृषकहरुको स्तरोन्नती र प्रगतिका साथै उनीहरुको बाझो जमिनलाई हराभरा पार्ने लक्ष्यको साथ आयात गरेको “मेघा टि” का आयातकर्ता दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले मेघा टि बहुउपयोगि भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप