बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देउवासँग २६ वर्षदेखि प्रतिस्पर्धामा छन् स्वतन्त्र उम्मेदबार रावल

सोमबार, २७ कात्तिक २०७४, १३ : ५३
सोमबार, २७ कात्तिक २०७४

डडेल्धुरा– डडेलधुरामा शेरबहादुर देउवासँग २६ बर्षयता निरन्तर प्रतिस्पर्धा गर्दै आएका करण सिंह रावल (मम्याल) यो बर्ष छैठौ पटक देउवासँगै चुनाव लड्दैछन् । यसअघि २०४८, ५२ ५६, ६४ र ७० सालमा पाँचपटक उम्मेदबार बनेर देउवाको प्रतिपक्षी बनेका रावल यसपटक पनि स्वतन्त्र उम्मेदवारका हैसियतमा प्रतिनिधि सभाकालागि उम्मेदबारी दर्ता गराएको बताउँछन् । 
राजनीतिक दलका उम्मेदवारहरुको प्रचारप्रसार तामझाम भएपनि रावल भने एक्लै हिँड्ने गर्छन । भन्छन् ‘म प्रचारप्रसारमा एक्लै हिड्छु, मेरो लाडाई अरु कुनै दलसँग नभएर शेरबहादुर देउवासँग हो ।’ 
अरु कुनै दलले देउवाविरुद्ध उम्मेदबारी नदिएपनि आफु डडेल्धुराबाट देउवालाई निर्विरोध हुन नदिने अठोट गरेको रावलले बताए । भने ‘मेरो उम्मेदवारी देउवालाई पराजित गर्ने नै हो’ 
आफुले नजितेपनि रावलले यसपटक देउवाले भने हार्ने बताए । ‘यसपटक डडेल्धुुराको ईतिहास फेरिन्छ ढुक्क हुनुस् । पाँच पटक डडेल्धुराबाट निर्वाचित भएका देउवा एक पटक गृहमन्त्री र चार पटक प्रधानमन्त्री भई सक्दापनि जनताको जिवनस्तर उकास्न कुनै पहल गरेनन् विकासमा सिन्को भाँचेनन् ।’
उनले बाम गठबन्धनका उम्मेदवार खगराज भटट्ले देउवालाई हराएरै छाड्ने दावी पनि गरे । भने ‘मेरो सपना भट्टले पुरा गर्दैछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप