शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एलइडी बल्बको प्रयोग बढाउन सरकारसँग एनआरएनले सहकार्य गर्ने

सोमबार, २७ कात्तिक २०७४, १२ : ००
सोमबार, २७ कात्तिक २०७४

काठमाडौं–गैर आवासीय नेपाली संघले उर्जा संकट न्युनीकरणका लागि एलईडी बल्ब प्रयोग बढाउनका सरकारसँग सहकार्य गर्ने भएको छ । संघले एलइडी बल्बको उच्ततम प्रयोग गरि दुई सय ५० मेघावाट विद्युतको वचत गर्ने जनाएको छ ।
 संघका अध्यक्ष भवन भट्टले उज्यालो नेपाल कार्यक्रम अन्तर्गत एक लाख ५० हजार थान एलइडी बल्ब सरकारलाई हस्तान्तरण गरिने जानकारी गराएका छन् । 
सुख्खा मौसममा नेपाललाइ दुई सय ५० मेघावाटको विजुली आपुर्ती कमि हुने भएकोले एलइडी बल्बको प्रयोग बढाउन सरकारसंग सहकार्य गर्न लागिएको संघका प्रवक्ता भुषण घिमिरेले जानकारी गराए । घिमिरेले एलइडी सरकारलाई हस्तान्तरण गर्ने विषयमा संघमा छलफल भएको तर कुन विधीबाट एलइडी बल्बको प्रयोग बढाउन सकिने बारे टुङेमा नपुगिएको वताए । 
एलइडी बल्बका लागि संघले च्याप्टर देशहरुसंग सहकार्य गरि  आर्थीक जुटाउने तयारी गरेको छ । बल्बका लागि स्रोत जुटाउनका लागि कार्यविधी बन्दै गरेको घिमिरले बताए । आगामी दुई वर्षमा उर्जाका लागि एनआरएनले हाइड्रोमा लगानी तथा  एलइडी बल्बको प्रयोग बढाउने संघले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप