दुई मानवअधिकारकर्मीको सोसल मिडिया वार
काठमाडौँ । नेपालका दुई चर्चित मानवअधिकारकर्मी बीच सामाजिक सञ्जालमा ‘वाकयुद्ध’ देखिएको छ । यसरी सामाजिक सञ्जालमा एक–अर्का विरुद्ध उत्रने दुई मानवअधिकारकर्मी हुन्, इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अनसारी ।
इन्सेक अध्यक्ष प्याकुरेलले एक अनलाइनले प्रकाशन गरेको समाचारलाई सेयर गर्दै अन्सारीमाथि गम्भिर आरोप लगाएपछि त्यसको प्रतिवादमा अन्सारी उत्रिएकी हुन् ।
अन्सारीमाथि विदेशी दाताबाट प्रायोजित भएको आरोप लगाइएको समाचार सेयर गर्दै नेपालको एनजीओ फेडरेसनका सल्लाहकारसमेत रहेका प्याकुरेलले लेखेका छन्, ‘राष्ट्रभन्दा दाता जनताभन्दा जात प्यारो भएपछि दर्जा दायित्व सबै अर्थहिन हुन्छ। सबैका लागि न्याय गर्लान् भनेको आफ्नो मात्र स्वार्थ खोज्नेहरु यत्रतत्र सर्वत्र छाएका छन्। तर ढिलोचॉडो यथार्थ प्रकट हुनेछ। परिणाम पनि भोग्ने छन् । जनताको धैर्यको पनि त सीमा हुन्छ ।’
प्याकुरेलको फेसबुक पोष्टको स्क्रिनसट सेयर गर्दै अन्सारीले ट्वीटरमा लेखेकी छिन् : ‘यस्ता धम्कीपूर्ण भाषा र घुर्कीले त्रसित हुने भए म अरू कोही हुन्थे । पदमा रहुन्जेल अन्तिम दिन सम्म निष्ठापूर्वक दायित्व निर्वाह गर्छु । अकर्मण्यतामा मेरो रुची छैन। भयभीत हुने मेरो बानी छैन ।’
यस्ता धम्कीपूर्ण भाषा र घुर्कीले त्रसित हुने भए म अरू कोही हुन्थे। पदमा रहुन्जेल अन्तिम दिन सम्म निष्ठापूर्वक दायित्व निर्वाह गर्छु। अकर्मण्यतामा मेरो रुची छैन। भयभीत हुने मेरो बानी छैन। pic.twitter.com/OzlJ6eoL1F
— Mohna Ansari (@MohnaAnsari) November 12, 2017
यो बहसमा अन्य चर्चित अनुहार पनि मिसिएका छन् । लेखक जुगल भुर्तेलले कमेन्ट गरेका छन्, ‘मोहनाजी, तपाईंप्रति हामीलाई विश्वास र भरोसा छ। सुवोधजीको शब्द चयन देखेर आश्चर्यचकित छु।’
प्रमोद मिश्र लेख्छन्, ‘रोबर्ट पेनरलाई बोले लेखे बापत देश निकाला गर्न लागिपरेका मानव अधिकारवादी यिनै सुबोध प्याकुरेल हैनन् ? हुन् भने “का वार्ता किम् आश्चर्यम् ?”
पूव राजदूत विजयकान्त कर्ण पनि यसमा सहभागी हुँदै लेख्छन्, ‘ये गिदरभभ्कि है, गिदर लोग वैसेहि चिल्लाते रह्ते हैं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी