शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डो बने चौँथो सन्तानका पिता

सोमबार, २७ कात्तिक २०७४, १० : ११
सोमबार, २७ कात्तिक २०७४

म्याड्रिड । रियालिटी टिभी स्टारले आफूसँग शारीरिक सम्बन्ध बनाएको आरोप लगाएको केही घण्टापछि नै क्रिस्टयानो रोनाल्डो चौँथो सन्तानको पिता बनेका छन् ।
३२ वर्षीय रियल म्याड्रिडका स्टार खेलाडीले २२ वर्षीया प्रेमिका जर्जिना रोड्रिग्वेजले छोरीलाई बोकिरहेको तस्विर सार्वजनिक गर्दै आफू फेरि छोरीको पिता बनेको घोषणा गरेका हुन् ।

आफ्नो इन्सटाग्राम पेजमा पोष्ट गर्दै रोनाल्डोले लेखेका छन्, ‘अलाना मार्टिनाको भर्खरै जन्म भएको छ । जियो र अलाना दुवै स्वस्थ छन् । हामी सबै धेरै खुसी छौँ ।’
आइतबार साँझ म्याड्रिडस्थित कुइरोन युनिभर्सल अस्पतालमा जर्जिनालाई भर्ना गरिएको थियो ।

रोनाल्डोले गत हप्ता पिता बन्नु सुखद अनुभव भएको बताएका थिए । गत जुनमा मात्र रोनाल्डो सरोगेट आमाबाट इभा र माटेओका पिता बनेका थिए । त्यस्तै क्रिस्टियानो जुनियर पनि सरोगेट आमाबाट नै जन्मिएको अनुमान गरिएको छ ।

हिजो मात्रै पोर्चुगलकी रियालिटी टिभी स्टार नटाचा रोड्रिग्वेजले रोनाल्डोले प्रेमिका जर्जिनालाई धोका दिँदै गोप्य रुपमा आफूसँग शारीरिक सम्बन्ध बनाएको आरोप लगाएकी थिइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप