शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आयरल्याण्डको सपना चकनाचुर पार्दै स्वीटजरल्याण्ड विश्वकपमा, क्रोएसिया पनि छनौट

सोमबार, २७ कात्तिक २०७४, ०९ : ४९
सोमबार, २७ कात्तिक २०७४

बासेल । विश्वकप छनौट प्लेअफको दोस्रो लेगमा स्वीटजरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि उत्तरी आयरल्याण्डको सन् १९८६ पछि पहिलो पटक विश्वकप खेल्ने सपना चकनाचुर बनेको छ । समग्रमा १–० गोलअन्तरले पराजित हुँदै आयरल्याण्ड विश्वकप प्रवेश गर्न असफल भएको हो ।

पहिलो लेगमा रिकार्डो रोड्रिग्वेजको विवादास्पद पेनाल्टी नै खेलमा निर्णायक बन्न पुग्यो ।

आइतबार सम्पन्न खेलको इन्जुरी समयमा वेस्ट ब्रोमका जोनी इभान्सले हेडमार्फत गोलको प्रयास गरे पनि त्यसलाई रोड्रिग्वेजले गोललाइनबाट क्लियर गर्न पुगेका थिए ।

निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले गोलका थुप्रै अवसरहरु गुमाएका थिए ।

जितसँगै स्वीटजरल्याण्डले रसियामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । स्वीटजरल्याण्ड विश्वकपमा पुगेको यो लगातार चौँथो पटक हो ।

उता, ग्रीसलाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोक्दै क्रोएसियाले पनि विश्वकपमा आफ्नो स्थान शुरक्षित गरेको छ ।

पहिलो खेलमा क्रोएसियाले जाग्रेबमा ग्रीसलाई ४–१ गोलअन्तरले हराएको थियो ।

हिजोको खेलमा भने एउटा मात्र प्रहार लक्ष्यमा लागेको थियो । पाहुना टोलीका लागि इभान पेरेसिचले ३० यार्ड टाढाबाट गरेको प्रयास पोष्टमा लाग्न पुगेको थियो ।
पहिलो लेगको तुलनामा निकै सुधारिएको खेल प्रदर्शन गरेको ग्रीसले खेलमा पुनरागमन भने गर्न सकेन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप