शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लैगिंक सचेतनाका लागी मैत्रीपुर्ण ब्याडमिन्टन

सोमबार, २७ कात्तिक २०७४, ०९ : ४१
सोमबार, २७ कात्तिक २०७४

कपिलवस्तु - “हाम्रो सटलः महिला हिंसा अन्त्यका लागि” भन्ने नाराका साथ लैंगिक हिंसा न्युनिकरण बारे चेतना फैलाउने उदेश्यका साथ तौलिहवामा दुई दिने मैत्रीपुर्ण ब्याडमिन्टन आईतबार देखी शुरु भएको छ ।

साथी कपिलवस्तु आस्था परियोजना र जिल्ला कपिलवस्तु ब्याडमिन्टन संघको संयुक्त आयोजनामा भएको खेलमा २१ डबल्सले सहभागीता छ ।

जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय, न्यायाधीश गिरीराज गौतम, प्रजिअ मदन भुजेल र प्रहरी उपरीक्षक भोजजंग शाहले ब्याडमिन्टन खेलेर मैत्रीपुर्ण खेलको उदघाटन गरे । 

नेपाल सरकारको लैगिंक हिंसा विरुद्धको पञ्चबर्षिय रणनीतिक योजनालाई सहयोग पुर्याउन सञ्चालित परियोजनाले रणनीतिमा राखेको पुरुष र युवा तथा खेलसँगको सहकार्यको नीतिलाई अबलम्बन गर्दै खेलको आयोजना गरेको आयोजकले जनाएका छन ।

खेलमा जिल्लाका सरकारी निकायका प्रमुखसहित किशोर किशोरी (खेलाडी) पनि  सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप