शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

...त्यसो भएको भए बाबुराम प्रधानमन्त्री हुन्थे: हिसिला यमी

सोमबार, २७ कात्तिक २०७४, ०९ : १६
सोमबार, २७ कात्तिक २०७४

आजको साँघु साप्ताहिकमा नयाँ शक्ति पार्टीकी सचिवालय सदस्य हिसिला यमीको अन्तवार्ता छापिएको छ ।

माओवादीमा हुँदा केही न केही महत्वपूर्ण जिम्मेवारी पाइरहनु हुन्थ्यो । नयाँ शक्तिमा लागेपछि तपाईँलाई घाटा लाग्यो हगि ?

'हो, माओवादीमा भएको भए मैले धेरै अवसरहरु पाउने थिएँ, मन्त्री हुने थिएँ । तर म एउटा व्यक्तिले मात्रै अवसर पाएर देशलाई केही फाइदा हुने थिएन । त्यसैले देशलाई आर्थिक सम्वृद्धिको दिशामा हिाँडाउन हामीले नयाँ यात्रा तय गरेका हौं ।'

'अब नाफा नोक्सानकै कुरा गर्ने हो भने त सबैभन्दा धेरै घाटा त बाबुरामजीलाई भएको छ नि । बाबुरामजी माओवादीमा भएको भए प्रधानमन्त्री नै बन्नुहुन्थ्यो । तर हामीले आफ्ना लागि भन्दा पनि देश र जनताका लागि यी सबै गरिरहेका छौं।'

तपाइंहरुको कुरामा कांग्रेस सहमत भयो भने, उसँग पार्टी एकता गर्नुहुन्छ ? भन्ने प्रश्नमा यमीको जवाफ यस्तो छ, 

'हाम्रो पार्टी वाम लोकतान्त्रिक पार्टी हो । हामीले उठाएको कुरालाई स्वीकार गर्ने जुनसुकै पार्टीसँग हामी सहकार्य र एकता गरेर अघि बढ्न खुला छौं ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप