बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति जाँदै

सोमबार, २७ कात्तिक २०७४, ०६ : ४६
सोमबार, २७ कात्तिक २०७४

 प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठिक नहुने सुझाव केही साता अघि दिएका थिए । 

‘यो युएई भ्रमणमा जाने बेला होइन विचार गर्नुस् भन्ने सुझाव प्रधानमन्त्रीले दिनुभएको थियो। तर राष्ट्रपतिले मान्दै मान्नु भएन', प्रधानमन्त्री निकट स्रोतले भन्यो।

राष्ट्रपतिकै जोडबलमा युएई भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको स्रोतले बतायो। कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले विदेश भ्रमणको चाहना राखेको हुँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार चाहीं गरेनन्।

यो पनि पढ्नुहोस्:

राष्ट्रपतिको भ्रमणप्रति कतारको असन्तुष्टि: सोध्यो यस्तो प्रश्न

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप