शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा यसरी मनाइयो नपाल संवत कार्यक्रम (हेर्नुस तस्वीरसहित)

आइतबार, २६ कात्तिक २०७४, २० : ३३
आइतबार, २६ कात्तिक २०७४

विजय थापा 

अमेरिका – डिसी महानगर क्षेत्रमा स्थापित नेवाः समुदायको प्रतिष्ठित संस्था नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए)ले गत नोवेम्बर ११ तारिख मेरील्याण्डमा नेपाल सम्बत ११३८ उत्साहका साथ मनाए ।


उक्त संस्थाका अध्यक्ष बबिता प्रधान श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागी नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि), अतिथिमा वर्ल्ड नेवा अर्गनाइजेसन सभापति सिजन श्रेष्ठ तथा साथै शङ्खधर साख्वाःको बिशेष प्रस्तुतिमा डा. महेश्वर बैद्य रहेका थिए, कार्यक्रमको उद्घाटन राजदुत कार्कीले पानसमा बत्ति बालेर गरेका थिए ।

प्रमुख अतिथिकोतर्फबाट मन्तब्य राख्दै राजदुत कार्कीले शुभकामना दिएका थिए भने मुलुक बाहिर आएर पनि आफ्नो संस्कृति र कलालाई जगेर्ना गर्न नेवा समुदायको अहम भूमिका रहेकोमा प्रशंसा समेत उनले गरे ।  साथै राजदुत कार्कीले अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई पनि सहभागिता गराउनु पर्ने कुरामा जोड दिएका थिए ।  

कार्यक्रममा डिसी क्षेत्रका विभिन्न सङ्घ तथा संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो भने अध्यक्ष बबिता प्रधान श्रेष्ठले सबै अतिथिहरुलाई बिशेष धन्यबाद दिएकी थिइन् ।

वर्ल्ड नेवा अर्गनाइजेसन सभापती सिजन श्रेष्ठले  शङ्खधर साख्वाः को बारेमा बोलेका थिए भने शङ्खधर साख्वाःको बारेमा बिशेष प्रस्तुति महेश्वर बैद्य÷ चिकित्सकले गरेका थिए । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।

कार्यक्रमको स्वागत मन्तब्य पुस्कर प्रजापतिले गरेका थिए भने धन्यवाद ज्ञापन शुसिल श्रेष्ठले गरेका थिए ।  कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप