शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतीले शुरु गर्यो नेपालगञ्जमा शाखा विस्तार

आइतबार, २६ कात्तिक २०७४, १९ : ०४
आइतबार, २६ कात्तिक २०७४

काठमाडौं  –  स्थापनाको छोटो समयमै पछिल्लो ज्योती इन्स्योरेन्सले समय नेपालगञ्जमा पनि शाखा विस्तार गरेको छ । आश्विन ८ गतेबाट नियमित व्यवसाय शुरु गरेको उक्त इन्स्योरेन्सले  हाल काठमाण्डौ उपत्यका भित्र ज्ञानेश्वर, गोंगबु, जोरपाटी, किर्तिपुर, पुल्चोक, र सुर्यविनायक तथा उपत्यका बाहिर नारायणगढ, विरगंज, पोखरा, चन्द्रनिगाहपुर, सिन्धुली, निजगढ, टिकापुर र बनेपा समेत १४ शाखा तथा उपशाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ । 

नेपालगञ्जको शाखासहित आफ्नो १५ औं सेवा केन्द्रको रुपमा बाँकेको नेपालगञ्जमा क्षेत्रिय कार्यालय संचालन भएको इन्स्योरेन्सले जनाउएको छ । 

यस कम्पनीको प्रबद्र्धकमा व्यक्ति तथा संस्था गरी ४२ जना रहेका छन् । अधिकृत पूँजी रु. ३ अर्व, जारी पुँजी रु. २.२० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.५४ अर्ब चुक्ता पुँजी रहेको कम्पनीले निकट भविष्यमा रु.६६ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्ता पुँजी रु. २.२० अर्ब पुर्याउने जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप