उच्च सर्तकता अपनाउन सुरक्षा निकायलाई निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न चार वटै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।
रुकुम, रोल्पालगायत देशका विभिन्न भागमा उम्मेदवारलाई नै निशाना बनाएर बम प्रहार गरेपछि निर्वाचन आयोगले चार वटै सुरक्षा निकायलाई सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन पुनः सचेत गराएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आईतबार नेपाल प्रहरी, सशष्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुखहरुसँग सामूहिक भेटगरी सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन उच्च सतर्कता अपनाउन सचेत गराएका हुन ।
आम मतदाताले निर्भयताका साथ मतदान गर्न पाउने गरी सुरक्षा व्यवस्था थप सुदृढ बनाउने विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग गम्भिर छलफल गरिएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिए ।
निर्वाचन आयोगले आगामी मंसीर १० गते पहिलो चरणमा हुने निर्वाचनको सुरक्षा तयारीका विषयमा पनि सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएको थियो ।
त्यसक्रममा सुरक्षा निकायका प्रमुखहरुले सुरक्षाको भरपर्दाे व्यवस्था गरिएको र सुरक्षा संवेदनशीलतालाई हेरेर सुरक्षा व्यवस्थालार्ई अझै सुदृढ बनाउने प्रतिवद्धता पनि जनाएका थिए । सरकारले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक जनशक्ति परिचालन गरिसकेको पनि स्पष्ट पारेको छ । बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका सुरक्षा व्यवस्थाका बारेमा विस्तृत जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य व्यवस्था समितिमा नेपाली सेना : ‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा