शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामपा प्रमुख शाक्यले विभागिय प्रमुखलाई दिए यस्तो निर्देशन

आइतबार, २६ कात्तिक २०७४, १८ : १५
आइतबार, २६ कात्तिक २०७४

काठमाडौँ – काठमाडौँ महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले ढल व्यवस्थापन, हरियाली निर्माण, नियमविपरित राखिएका विज्ञापन तत्काल हटाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् । 

आज सञ्चारकर्मीसँग कामपाका केही स्थानमा गरिएको अवलोकनपछि प्रमुख शाक्यले सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतरुपमा हुने कामपाको सफाइ अभियानलाई अन्त्य गर्दै नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिए । 

उपप्रमुख हरिप्रभा श्रेष्ठ ९खड्गी० सँगै शाक्यले आज सुन्धारा, न्युरोड, रत्नपार्क, जमलमा रहेको आइल्याण्ड निर्माणको अवलोकन गर्नुभएको थियो । 

कामपाका सहप्रवक्ता नवराज ढकालका अनुसार अहिले त्रिपुरेश्वर, सुन्धारा, न्युरोड रत्नपार्कलगायत स्थानमा सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली स्थान आइल्याण्ड मा हरियाली बनाउनका लागि रूखबिरुवा रोप्ने काम भइरहेको छ । 

‘कालीमाटी, एयरपोर्ट आसपास स्थानमा भने मर्मतका काम भइरहेको छ’, सहप्रवक्ता ढकालले भने, ‘कामपाले हाल तीस स्थानमा आइल्याण्ड निर्माणको काम गरिरहेको छ ।’ 

प्रमुख शाक्यले एक हप्ताभित्र सक्नेगरी काम गर्न निर्देशन दिनुभएकाले सोही अनुरुप काम भइरहेको वातावरण व्यस्थापन विभागका प्रमुख रवीन्द्रमान श्रेष्ठले जानकारी दिए ।

हप्ताभित्र सक्नेगरी महानगरका विभिन्न स्थानमा आइल्याण्ड निर्माणको काम तीव्रगतिमा शुरु गरेको छ । प्हिलो चरणमा नयाँ निर्माण गर्ने काम गरिनेछ भने दोस्रो चरणमा निर्माण भइसकेको स्थानमा मर्मत गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप