तरकारीको मूल्य नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ ।र सरकारले अस्वभाविक रुपमा बढ्दै गएको तरकारीको मूल्य नियन्त्रण गर्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आईतबार सम्बन्धित निकायका प्रमुखहरुसँग छलफल गरी अस्वभाविक रुपमा बढदै गएको तरकारीको मूल्य नियन्त्रण गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सचिव महेन्द्र गुरुङले अनुगमनको कामलाई तीव्रता दिएर तरकारीको मूल्यमा भएको अस्वभाविक वृद्धिलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको स्पष्ट पारे ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले तरकारी बजार अनुगमनका लागि कृषि मन्त्रालय, आपूर्ति मन्त्रालय र त्यस मातहतका निकायलाई सक्रियतापूर्वक लाग्न पनि सचेत गराएको छ ।
सचिव गुरुङले विचौलियाहरुले पनि तरकारीको मूल्य अस्वभाविक रुपमा बढाएको हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न अर्थ मन्त्रालयलाई पनि सचेत गराए ।