शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा फेसबुक पोष्टका कारण बंगलादेशमा हिन्दू गाउँमा हमला

आइतबार, २६ कात्तिक २०७४, १७ : ४९
आइतबार, २६ कात्तिक २०७४

ढाका । बंगलादेशको रङ्गपुर जिल्लामा रहेको गंगाचारामा रहेको हिन्दू समुदाय बस्ने गाउँमा प्रहरीले गरेको गोलीबारीमा एक व्यक्तिको मृत्यु भएको छ ।

प्रहरीका अनुसार एक फेसबुक पोष्टका कारण यस हिन्दू गाउँमा मानिसहरुले आक्रमण गरेका थिए । उनीहरुले उक्त फेसबुक पोष्ट आपत्तिजनक रहेको बताएका थिए ।

रङ्गपुर रेन्जका डिआइजी गुलाम फारुकका अनुसार धार्मिक भावना भड्काएको आरोपमा मानिसहरुले तितु रायको घरमा आक्रमण गरेका थिए ।

प्रहरीका अनुसार हमलाको बेला तितु भने गाउँमा थिएनन् । तितु रायको पोष्टका कारण लामो समयदेखि तनाव जारी थियो ।

पोष्टलाई लिएर अदालतमा मुद्दा पनि परेको थियो । स्थानीय प्रहरीका अनुसार तितुलाई पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ ।

डिआइजीका अनुसार घटनामा केही व्यक्ति जख्मी पनि बनेका छन् । तर, अहिले स्थिति नियन्त्रणमा रहेको छ । प्रहरीले घटनाको अनुसन्धान गर्दै तितुलाई पक्राउ गर्न खोजीकार्य तिव्र बनाएको छ ।

पछिल्लो वर्ष फेसबुकमा गरिएको पोष्टकै आधारमा अल्पसंख्यकहरुमाथि हमला बढेको छ । सन् २०१२ मा एक वौद्ध भिक्षुमा आक्रमण गरी उनलाई जिउँदै जलाइएको थियो । पछिल्लो वर्ष पनि एक हिन्दू गाउँमा हमला गरिएको थियो । 

ढाका ट्रिब्युनका अनुसार पछिल्लो घटनामा ३० वटाभन्दा बढी घरमा तोडफोडको साथै लुटपाट गरिएको छ । लुटपाटपछि घरहरुमा आगजनी पनि गरिएको छ ।
घटनामा ५३ जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप