शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दयाहाङकी सोल्टीनी रिश्मासंँग विजयको रोमान्स

आइतबार, २६ कात्तिक २०७४, १७ : ४३
आइतबार, २६ कात्तिक २०७४

काठमाडौं –चलचित्र ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’मा अभिनेता दयाहाङ राईको सोल्टीनीको भूमिका निर्बाह गर्दै अभिनयमा भित्रिएकी अभिनेत्री गुरुङ लामो समयपछि  फेरी अभिनयमा देखिएकी छन् । 
गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्कीको अचार’को भिडियो मार्फत उनी अभिनयमा देखिएकी हुन् । भिडियो अभिनयमा रिश्मालाई गायक विजयले नै साथ दिएका छन् ।
भिडियो विकास सुबेदीले निर्देशन गरेका हुन् । बन्दिपुरमा छायाँकन गरिएको गीतमा डिपि खनालका शब्द तथा सुवास भुषालको संगीत छ ।
गीतका एरेन्जर उदय राज पौडेल हुन् । अनिल कुमार मानन्धरको छायाँकन रहेको भिडियो शिलन लम्सालले सम्पादन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप