प्राइम लाइफ इन्स्योरेन्स र सिदार्थ क्यापिटलबीच सम्झौता

person access_timeकात्तिक २६, २०७४ chat_bubble_outline0

 काठमाडौं– हकप्रद शेयर जारी गर्ने विषयमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र सिदार्थ क्यापिटल लिमिट्डबीच सम्झौता भएको छ । वार्षिक साधारण सभाबाट पारित निर्णयअनुसार साविकको एक सय साठी प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने कार्यका लागि आइतबार प्राइम लाइफ इन्स्योरेन्स कं. लि. र सिद्धार्थबीच सम्झौता भएको हो ।

सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कं. लि. को तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज कूमार भट्टराई र सिद्धार्थका तर्फबाट प्रमूख कार्यकारी अधिकृत ध्रूव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । हकप्रद शेयर जारी गरेपश्चात कम्पनीको चूक्ता पुंजी रु. १ अर्ब ५८ करोड ६५ लाख २० हजार  हूने समेत कम्पनीले जानकारी गराएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ