शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्षमानमाथि फेरि आक्रमणको प्रयास, सुरक्षाकर्मीबाट हवाई फायर

आइतबार, २६ कात्तिक २०७४, १७ : ०२
आइतबार, २६ कात्तिक २०७४

रोल्पा–रोल्पामा चुनाव प्रचारप्रसारका क्रममा रहेका माओवादी नेता तथा रोल्पाका बाम गठबन्धनका साझा उम्मेदवार बर्षमान पुनमाथि आज फेरि आक्रमणको प्रयास भएको छ । पुनसहितको टोली आइतबार रोल्पाको दुईखोली गाउँपालिका बागमारातर्फ जाने क्रममा भिरबाट ढुङगा लडाइएको रोल्पा प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यलय रोल्पाका डीएसपी ज्ञानेन्द्र फुयाँलका अनुसार साढे १२ बजे पुनसहितको टोलीलाई लक्षित गरेर भिरबाट ढुङगा लडाइएको हो । ढुङगा लडाइएपनि कसैलाई नलागेको र  कुनै अप्रिय घटना हुन नपाएको फुयाँलले रातोपाटीलाई जानकारी दिए । उनले माथिबाट ढुङगा लडाएपछि तत्कालै सुरक्षाकर्मीले हवाई फायर गरेका थिए । 
घटनामा संलग्न तीन जना विप्लव नेतृत्वका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि शनिबार पनि पुनको टोलीलाई लक्षित गर्दै एम्बुस आक्रमण भएको थियो भने शुक्रबार रुकुमका उम्मेदवार जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप