बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भोट माग्न शेखरको नयाँ अफर : फुसको घरमा टिनको छाना !

आइतबार, २६ कात्तिक २०७४, १७ : ००
आइतबार, २६ कात्तिक २०७४

मोरङ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो क्षेत्रमा बसोवास गरिरहेका सवै विपन्न परिवारलाई टिनको छानो लगाइदिने घोषणा गरेका छन् । 
चुनावी दौडाहाका क्रममा आइतवार मोरङ क्षेत्र नं ६ को वुढीगंगामा आयोजित सभामा सम्वोधन गर्दै उनले आगामी  ५ बर्षभित्रमा सवै फुसको घर टिनमा परिणत हुने  दावी गरे । 
डा कोइरालाको चुनावी क्षेत्र  अधिकांश   ग्रामिण भेगमा परेका छन  । विराटनगर महानगरपालिकाको वडा न ४ ,५,६,७,९, ११ र १२ वडामा  अधिकांश विपन्न परिवारको बसोवास रहेको छ । यहाँ बस्ने हजारौ  परिवार अझै पनि फुसको छानामो बसिरहेका  जिवन गुजारिरहेका छन् । विराटनगरको छिमेकी गाविस वुढीगंगा गाउपालिकामा मूसर , सतार , ऋषिदेव , थारु , वाँतर , चौधरी , राजवंशी , ताजपुरिया , यादव , साह , सुतियार , मण्डल को बाहुल्यता छ । यी सवै जातजाति अति विपन्न परिवारका छन । अधिकांशले घरमाथी फुस छाएर बसेका छन् । 
मोरङ क्षेत्र न ६ कै सुन्दर हरैचाको वडा न २ , ३ ,४ ,५ ,६  र ७ मा आदीवासीहरुको वाहुल्यता छ । यहाँका स्थानीयहरुको जिवनस्तरमा केही सुधारमुन्ख  देखिएपनि नगरपालिको गा्रमिण क्षेत्रमा बस्ने घेरै  गरिवीको रेखामुनीमै छन । 
पछिल्लो तथ्याङक अनुसार मोरङ ६ मा बसोवास १ लाख ५६ हजार मध्ये अधिकांश परिवार गरिवीको रेखामुनीका छन् । जसमध्ये २० हजार घर परिवारको घरको छानो फुसले छाएको छ । 
यस्तै कोइरालाले सरकारी विद्यालयबाट (एसईई) मा ७० प्रतिसत भन्दा बढी अंक ल्याएर उत्तिर्ण गर्ने सवै छात्र छात्रालाई शैक्षिक ल्यापटप वितरण गर्ने पनि बताए । मोरङ ६ को गछिया खोला , केशलीया र वुढीगंगाले यस क्षेत्रमा  ठूलो धनजनको क्षति पुर्याउदै आएकोले गछिया खोलामा तटवन्धन निर्माण गर्ने डा कोइरालाले आश्वसन पनि दिए । गछिया खोलाको टवन्धनको लागी डिपीआर तयार भैसकेको छ , केही महिनामै खोलामा तटवन्धन सुरु हुन्छ डा कोइरालाले भने । मोरङ ६ पर्ने पूर्वाञ्चल विश्वविद्यालको सुधारको लागी आगामी १ बर्षभित्रमै विश्वविद्यालयमा मेडिकल कलेज संचालन गर्ने उनले घोषणा गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप