भोट माग्न शेखरको नयाँ अफर : फुसको घरमा टिनको छाना !
मोरङ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो क्षेत्रमा बसोवास गरिरहेका सवै विपन्न परिवारलाई टिनको छानो लगाइदिने घोषणा गरेका छन् ।
चुनावी दौडाहाका क्रममा आइतवार मोरङ क्षेत्र नं ६ को वुढीगंगामा आयोजित सभामा सम्वोधन गर्दै उनले आगामी ५ बर्षभित्रमा सवै फुसको घर टिनमा परिणत हुने दावी गरे ।
डा कोइरालाको चुनावी क्षेत्र अधिकांश ग्रामिण भेगमा परेका छन । विराटनगर महानगरपालिकाको वडा न ४ ,५,६,७,९, ११ र १२ वडामा अधिकांश विपन्न परिवारको बसोवास रहेको छ । यहाँ बस्ने हजारौ परिवार अझै पनि फुसको छानामो बसिरहेका जिवन गुजारिरहेका छन् । विराटनगरको छिमेकी गाविस वुढीगंगा गाउपालिकामा मूसर , सतार , ऋषिदेव , थारु , वाँतर , चौधरी , राजवंशी , ताजपुरिया , यादव , साह , सुतियार , मण्डल को बाहुल्यता छ । यी सवै जातजाति अति विपन्न परिवारका छन । अधिकांशले घरमाथी फुस छाएर बसेका छन् ।
मोरङ क्षेत्र न ६ कै सुन्दर हरैचाको वडा न २ , ३ ,४ ,५ ,६ र ७ मा आदीवासीहरुको वाहुल्यता छ । यहाँका स्थानीयहरुको जिवनस्तरमा केही सुधारमुन्ख देखिएपनि नगरपालिको गा्रमिण क्षेत्रमा बस्ने घेरै गरिवीको रेखामुनीमै छन ।
पछिल्लो तथ्याङक अनुसार मोरङ ६ मा बसोवास १ लाख ५६ हजार मध्ये अधिकांश परिवार गरिवीको रेखामुनीका छन् । जसमध्ये २० हजार घर परिवारको घरको छानो फुसले छाएको छ ।
यस्तै कोइरालाले सरकारी विद्यालयबाट (एसईई) मा ७० प्रतिसत भन्दा बढी अंक ल्याएर उत्तिर्ण गर्ने सवै छात्र छात्रालाई शैक्षिक ल्यापटप वितरण गर्ने पनि बताए । मोरङ ६ को गछिया खोला , केशलीया र वुढीगंगाले यस क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याउदै आएकोले गछिया खोलामा तटवन्धन निर्माण गर्ने डा कोइरालाले आश्वसन पनि दिए । गछिया खोलाको टवन्धनको लागी डिपीआर तयार भैसकेको छ , केही महिनामै खोलामा तटवन्धन सुरु हुन्छ डा कोइरालाले भने । मोरङ ६ पर्ने पूर्वाञ्चल विश्वविद्यालको सुधारको लागी आगामी १ बर्षभित्रमै विश्वविद्यालयमा मेडिकल कलेज संचालन गर्ने उनले घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पुरा
-
कृष्ण कँडेलको फेसबुक आइडी ह्याक
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन