शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विक्रम पाण्डे ठेकेदारमात्र हुन्, मेरो कोहि प्रतिस्पर्धी छैन : प्रचण्ड (भिडियोसहित)

आइतबार, २६ कात्तिक २०७४, १६ : ४४
आइतबार, २६ कात्तिक २०७४

चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले उम्मेदवारी दिएको चितवन क्षेत्र नम्बर ३ मा प्रतिद्धन्द्धी नै नभएको दावी गरेका छन् । 
चितवन क्षेत्र नम्बर ३ को चुनावी अभियानमा व्यस्त रहेका अध्यक्ष दाहालले स्थानीय काँग्रेसले समेत आफूलाई साथ दिने बचन दिएको भन्दै आफ्नो प्रतिद्धन्द्धी चितवनमा कोही पनि नभएको बताएका हुन् । 
अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका विक्रम पाण्डे ठेकेदार मात्रै भएकाले उनलाई प्रतिद्धन्द्धी मान्न आफू तयार नभएको प्रचण्डको भनाई छ । चितवनको मंगलपुरमा आईतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनमा जनाधार भएको काँग्रेससहितका सबै दलले आफूलाई चुनावमा साथ दिने बचन दिएको पनि खुलासा गरे । 
अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा नेपालमा कम्युनिष्टहरुले मात्रै गर्न सक्ने दावी गरे । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दाहालको लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका विक्रम पाण्डे प्रतिस्पर्धी मानिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप