शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किम डल्ले र मोटे ! : ट्रम्प

आइतबार, २६ कात्तिक २०७४, १६ : ३२
आइतबार, २६ कात्तिक २०७४

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक उत्तर कोरियाबिरुद्ध वाकयुद्ध शुरु गरेका छन्, त्यो पनि एसियाको क्षेत्रीय विवाद सुल्झाउन आफू मध्यस्थता गर्न तयार रहेको बताउन ठीक अघि ।

उत्तर कोरियाको विदेश मन्त्रालयले उनलाई ‘बुढो’ भनेपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा आक्रोश प्रस्तुत गर्दै आफू कहिले पनि किम जोङ उनलाई ‘डल्ले र मोटे’ नभन्ने बताएका हुन् ।

साउथ चाइना समुद्रमा देखिएको विवाद सुल्झाउन आफू मध्यस्थकर्ताको भूमिकामा रहन तयार रहेको बताइरहँदा ट्रम्प र उत्तर कोरियाबीच सम्बन्ध भने बिग्रँदो रहेको छ ।

शनिबार मात्र उत्तर कोरियाले ट्रम्पको एसिया भ्रमणलाई ‘युद्धवाजको यात्रा’ को संज्ञा दिँदै उनलाई ‘बुढो’ भन्दै गिज्याएको थियो ।

यसको प्रतिक्रियामा उनले ट्वीटरमा लेखेका छन्, ‘किन किम जोङ उनले मलाई ‘बुढो’ भन्दै बेइज्जन गरेका होलान् ? जबकी म कहिले पनि उनलाई ‘डल्ले र मोटे’ भन्दिँन । म उनको साथी बन्न निकै प्रयास गरिरहेको छु, सायद एक दिन त्यो पूरा हुनेछ ।’

अमेरिकी राष्ट्रपतिले ट्वीट गरिरहँदा तीन वटा अमेरिकी युद्धपोत भने पश्चिमी प्रशान्त महासागरमा युद्ध अभ्यास गरिरहेको थियो । यो अभ्यास उत्तर कोरियाप्रति लक्षित भएको बताइएको छ ।

यता, ट्रम्पले उत्तर कोरियासँग सुमधुर सम्बन्ध स्थापित हुन सक्ने कुरालाई भने नकारेका छैनन् । भियतनाममा भएको पत्रकार सम्मेलनमा पत्रकारको ‘के तपाईं आफूलाई किम जोङ उनसँग मित्रता गरेको देख्नुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘यो कुरा अनौठो हुनेछ तर यो सम्भव छ ।’

यदी यस्तो भए यो उत्तर कोरियामात्र नभएर सारा विश्वका लागि सुखद हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप