बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गर्लफ्रेन्ड हुँदा हुँदै रोनाल्डोले आफूसँग शारीरिक सम्बन्ध बनाएको मोडलको आरोप

आइतबार, २६ कात्तिक २०७४, १५ : २२
आइतबार, २६ कात्तिक २०७४

म्याड्रिड । रियल म्याड्रिडका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रेमिकालाई धोका दिएको एक रियालिटी टिभी स्टार तथा मोडलले दाबी गरेकी छिन् । रोनाल्डोले आफूसँग दुई वर्षसम्म गोप्य रुपमा सम्बन्ध राखेको उनको आरोप छ ।

मोडल नाटाचा रोड्रिग्वेजले रोनाल्डो आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेज, जो अहिले गर्भवति छिन्, सँग सम्बन्धमा रहेकै बेला रोनाल्डोले उनलाई नितम्ब देखाउन माग गरेको बताएकी छिन् ।

केही महिनाको मेसेजपछि दुवै जना गत मार्च २६ मा भेटेको र शारीरिक सम्बन्ध पनि स्थापित भएको उनको दाबी छ । बेलायती पत्रिका ‘द सन’ का अनुसार रोनाल्डोले सम्बन्ध स्थापित भएको केही घण्टापछि मेसेज पठाउँदै यसलाई गोप्य राख्न आग्रह समेत गरेका थिए ।

पोर्चुगिज रियालिटी स्टार नटाचा आफूमाथि धोका भएको मान्छिन् । उनी भन्छिन् ,‘उनी निकै राम्रो व्यक्ति थिए । लामो समय मेसेजपछि त्यो रात निकै विशेष थियो । तर, म पोर्चुगलको रियालिटी शोमा जान्छु भनेपछि उनले त्यसो नगर्न भने । त्यहाँबाट फर्किँदा उनले मलाई ब्लक गरिसकेका थिए । अहिले मलाई धोका पाएको महसुस भइरहेको छ । उनले मलाई सेक्सका लागि मात्र प्रयोग गरेको जस्तो महसुस भयो ।’

रोनाल्डोको २२ वर्षीया प्रेमिका जर्जिना ८ महिनाको गर्भवति छिन् । यता, नटाचा पनि ८ महिनाको गर्भवति छिन् । रोनाल्डोसँग भेट्दा उनी गर्भवति नै थिइन् । रोनाल्डोलाई यो बारे थाहा थियो या थिएन भन्ने उल्लेख छैन ।

पूर्व प्रेमिका तथा रसियन मोडल इरिना सायकसँग ब्रेकअप पछि रोनाल्डो र नटाचाबीच कुराकानी शुरु भएको थियो ।

नाटाचाले रोनाल्टोले जहिले पनि आफ्नो शरीरको तारिफ गर्ने गरेको पनि बताएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप