बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विवादमा पद्मावती : सूरतमा प्रदर्शन, मुम्बईमा १५ हिरासतमा

आइतबार, २६ कात्तिक २०७४, १४ : ५५
आइतबार, २६ कात्तिक २०७४

मुम्बई । सञ्जय लिला भन्सालीको नयाँ चलचित्र पद्मावतीलाई लिएर भइरहेको विरोध रोकिने नाम लिइरहेको छैन । आइतबार गुजरातको सूरतमा राजपूत समूदाय, विश्व हिन्दू परिषद, बजरंग दल र करणी सेनाले संयुक्त मोर्चा निकालेको छ । यता, मुम्बईमा अखण्ड राजपूताना सेवा संघले पनि प्रदर्शन गरेको छ । प्रहरीले संघका करिब १५ सदस्यलाई हिरासतमा लिएको छ ।

उता, राजस्थानको राजपूत संगठनहरुले १७ नोभेम्बरमा चितौड किल्ला बन्द गर्ने धम्की दिएका छन् । यस्तै, जयपुर राजघरानाकी राजकुमारी दियाले चलचित्रको विरोधमा हस्ताक्षर संकलन अभियान शुरु गरेकी छिन् । चलचित्र डिसेम्बर १ मा रिलिज हुँदैछ ।

इतिहाससँग खेलवाड गर्न पाइँदैन
राष्ट्रिय राजपूत करणी सेना हिन्दू क्रान्ति सेन (युवा मोर्चा), प्रताप च्यारिटेबल ट्रस्टसँगै हिन्दू संगठनहरुले आइतबार गुजरातमा चलचित्रको विरुद्ध महार्याली निकालेका थिए । र्यालीमा ५ हजारभन्दा बढीको सहभागिता रहेको दाबी गरिएको छ । गान्धीनगरमा पनि श्री राजपूत क्षत्रिय स्वभिमान सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनलाई सम्बोधन गर्दै राजपूत करणी सेनाका अध्यक्ष लोकेन्द्र सिंह कल्वीले भने, ‘यो चलचित्र मात्र होइन, इतिहास हो । चलचित्र भन्दैमा जे पनि देखाउन पाइँदैन ।’

मुम्बईमा पनि प्रदर्शन
आइतबार मुम्बईमा पनि चलचित्रविरुद्ध प्रदर्शन गरिएको छ । अखण्ड राजपूताना सेवा संघले सञ्ज्य लिला भन्सालीको जुहुमा रहेको कार्यालयअघि प्रदर्शन गरेका थिए । यस क्रममा १५ जना पक्राउ परेका छन् ।

हस्ताक्षर अभियान शुरु
जयपुर राजघरानाकी राजकुमारी दीया कुमारीले शनिबार देवजी मन्दिरको गेटमा हस्ताक्षर अभियान शुरु गरेकी छिन् । यस दौरान राजकुमारी दियाले यो अभियानमा धेरैभन्दा धेरै मानिसहरुलाई जोड्न हस्ताक्षर अभियान शुरु गरेको बताइन् । यस्तो अभियान विभिन्न तहमा आयोजना गरिने उनले जानकारी दिइन् । चलचित्र रिलिज गर्न अघि सञ्जय लिला भन्सालीले इतिहासकारअघि यसलाई स्क्रिनिङ गर्न मा पनि गरिन् ।

उता, चित्तौडगढमा शनिबार पनि दुर्गको अघि धर्ना जारी राखिएको छ । १६ नोभेम्बरअघिसम्म चलचत्रिलाई प्रतिबन्ध नगरिए १७ गते किल्ला बन्द गर्ने चेतावनी दिइएको छ ।

किन आपत्ति ?
राजस्थानको करणी सेना, विजेपी लिडर्स र हिन्दूवादी संगठनहरुले चलचत्रिमाथि इतिहासलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएका छन् । राजपूत करणी सेनाका अनुसार चलचित्रमा पद्मिनी र खिलजीबीच अन्तरङ्ग दृश्य देखाइएको छ जसले उनीहरुको भावना ठेस पुगेको छ । उनीहरुले चलचित्र रिलिज गर्नअघि पार्टीका राजपूत प्रतिनिधिहरुलाई देखाउनुपर्ने माग गरेका छन् । अब राजस्थानका राजघरानाहरु विरोधमा उत्रिएका छन् ।

कहाँबाट शुरु भयो विवाद ?
राजस्थानमा चलचित्र सुटिङ हुँदा खेरी नै विरोधको शुरुवात भएको थियो । सुटिङका दौरान राजपूत करणी सेनाले कयौँ स्थानमा प्रदर्शनका साथै पुत्ला जलइाएका थिए । जयपुरमा सुटिङका दौरान सञ्जय लिला भन्सालीमाथि हातपात हुनका साथै कोल्हापुरमा चलचित्रको सेट जलाइएको थियो । त्यसपछि देशभर चलचत्रिको विरुद्धमा प्रदर्शन शुरु भएको थियो ।

के भन्छन् भन्साली ?
पद्मावतिको विरोध शुरु भएपछि सञ्जय लिला भन्सालीले चलचत्रिमा विरोध गर्नु पर्ने कुनै कुरा नरहेको दाबी गरेका छन् । उता, दीपिका पाडुकोणले यस्ता घटनामाथि सख्त कारवाही गर्न माग गरेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप