बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी थाहा पाउने सम्बन्ध टुट्न लागेको ?

आइतबार, २६ कात्तिक २०७४, १४ : १२
आइतबार, २६ कात्तिक २०७४

 
(एजेन्सी)– सम्बन्धमा खटपट कसको हुँदैन र ? कहिले झगडा, कहिले माया त सम्बन्धका आवश्यक तत्व नै मानिन्छन् । कहिलेकाँहीको खटपटले मानिसको सम्बन्ध प्रगाढ बनाउँछ भने दैनिक रुपमा हुने झै–झगडाले सम्बन्धको अन्त्य नै गरिदिन्छ । तपाईंको सम्बन्ध कतातिर गइरहेको छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि कतिपय अवस्थामा यसको परिणाम थाहा नै हुँदैन । त्यसकारण आफ्नो सम्बन्धको अवस्थाको बारेमा जान्नका लागि यहाँ यस्ता तरिकाहरु दिइएका छन् जसले गर्दा तपाईंलाई त्यहि अनुरुपको व्यवहार गर्न सजिलो होस् ।
१. थोरै कुराकानी हुनुः जब तपाईंलाई तपाईंको पार्टनरले अफिसबाट फोन गर्न बन्द गर्छ अथवा घर आइसकेपछि पनि तपाईंको प्रश्नको उत्तर मात्र दिन्छ भने सम्झनुहोस् तपाईंको सम्बन्ध टुट्ने क्रममा छ ।
२. तपाईंको लागि समयको कमीः यदि तपाईंको पार्टनरले तपाईंले धेरै पटक फोन गरिसकेपछि मात्र फोन उठाउने गर्दछ र मेसेजको रिप्लाई पनि ढिलो गर्दछ अथवा केहि बहाना बनाउने गरेको छ भने यसको अर्थ तपाईंको सम्बन्ध अब धेरै दिन छैन भन्नु हो ।
३. उनीप्रति रुची हराउनुः यदि तपाईं आफ्नो पछिल्लो फोटो आफ्नो पार्टनरलाई पठाउनु हुन्न र आफ्नो पार्टनरसँग कुरा गर्न मन लाग्दैन भने यसको बारेमा तपाईंले सोच्न जरुरी छ ।
४. अपरिचित बन्नुः बिस्तारै सम्बन्धमा यति चिसोपन आउँछ कि बिस्तारै तपाईं आफ्नो पार्टनरसँग आफ्ना कुराहरु लुकाउनुहुनेछ र अपरिचितजस्तो व्यवहार गर्नुहुनेछ । पार्टनरलाई आफ्नो सबै कुरा नभन्नु र पार्टनरसँग उनको सम्बन्ध भएको मात्र कुरा गर्नुहुन्छ भने सम्झनुहोस् तपाईंहरु अब अपरिचित बनिसक्नुभएको छ र सम्बन्ध चाँडै नै छुट्ने प्रक्रियामा छ ।
५. शंकाः वास्तविक सम्बन्ध त्यतिबेला सुरु हुन्छ तब त्यसमा कुनै शंका हुँदैन । यदि सम्बन्ध टुट्दै छ भने यसमा शंका पैदा हुने गर्दछ । जब पार्टनर नजिक हुँदैन तब असुरक्षाको भावना पैदा हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप