मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अभयाको ‘रमाउन देऊ’ सँगै नाचे विद्यार्थी

आइतबार, २६ कात्तिक २०७४, १४ : ०७
आइतबार, २६ कात्तिक २०७४

काठमाडौं – अमेरिकाको सात शहरमा आफ्नो सांगीतिक प्रस्तुति दिएर केही समय अघि नेपाल फर्किएको नेपालको चर्चित रकपप व्याण्ड ‘अभया एन्ड द स्टिम एन्जन्स’ले विद्यालयका बालबालिका माझ आफ्ना गीत सुनाएको छ । राजधानीको बबरमहलमा रहेको ओलम्पिया वल्र्ड स्कुलमा शनिवार भएको ‘ओलम्पिया फेट(मेला)’मा ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति दिएको हो ।

अमेरिकाका सिनसिनती, सेन्ट लोस, एटलान्टा, बोस्टन, न्यूर्योक, वासिङ्टन डिसी र बाल्टिमोरमा आफ्नो कन्सर्ट गरेको ब्याण्डले स्कुलको सातौं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा गीत मार्फत बालबालिका, शिक्षक शिक्षिका तथा अभिभावकलाई नचाएको छ । 

‘नारीको सम्मान’ नारा दिइएर गरिएको कार्यक्रममा ब्याण्डकी गायिका अभयाले ‘हामी सबै नेपाली’, ‘नैनीताल मास अप’, ‘लुकिङ फर लभ’, ‘रमाउन देऊ’, ‘तिम्रो लागि’, यो मेरो घर’, ‘बादल’ गीत प्रस्तुत गरेकी थिइन् । 

अभयाले नारीप्रति समर्पण गर्दै मेला आयोजना गरेकोमा खुशी व्यक्त गरिन् । ‘अहिलेको प्रविधिको युगमा पनि महिलाहरु प्रति हेर्ने दृष्टिकोण पुरानै छ । यस्तो बेलामा एउटा विद्यालयले नारीको सम्मानका लागि कार्यक्रम गर्नु आफैमा सकारात्मक र सराहनीय काम हो,’अभयाले भनिन्,‘आजको कार्यक्रम मेरा लागि पनि एउटा सुखद अवसर बन्यो ।’ 

मेलाको उद्घाटन महिला जुडो खेलाडी तथा ओलम्पियन फुपु ल्हामु खत्रीले गरेकी थिइन् । मेलामा हर्स राइडिङ, फेस पेन्टिङ, खेलकुद लगायत मनोरञ्जनका विभिन्न गतिविधि रहेको मेलामा विशेष बालबालिकाहरु निकै रमाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप