मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘बटरफ्लाई’को ‘म गाउँदिन अब गीत’

आइतबार, २६ कात्तिक २०७४, १३ : २८
आइतबार, २६ कात्तिक २०७४

काठमाडौं – चलचित्र ‘बटरफ्लाई’ले ‘म गाउँदिन अब गीत’बोलको गजल ‘तिम्रो यादमा’ गीत सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका बिभिन्न पक्षबारे जानकारी दिदै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । 

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा शब्द तथा सँगीत अर्जुन पोखरेलको रहेको छ । गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका हुन् । 

आर्यन अधिकारी र प्रियँका कार्की माथी गीत छायाँकन गरिएको छ । चलचित्रमा यी दुबै कलाकारको अलवा अर्पण थापा, रबिन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरबिर पन्डीत, मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ । 

द फ्रेम क्रियशनको ब्यानरमा बनेको यो चलचित्र ओम प्रतिक गसरुङले निर्देशन गरेका हुन् । पुष्पान्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्र २८ पुषबाट प्रर्दशनमा आउँनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप