शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा चुनावी प्रतिस्पर्धा : ज्ञवालीद्धारा भण्डारीसँग ४८ करोडको सवालजवाफ

आइतबार, २६ कात्तिक २०७४, १३ : २८
आइतबार, २६ कात्तिक २०७४

 गुल्मी– गुल्मीका उम्मेदवारहरुवीच विकासका योजना आफुले पारेको भन्ने एकको भनाईप्रति अर्काले खण्डन गर्न थालेका छन् । गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधीसभा उम्मेदवार प्रदिपकुमार ज्ञवालीले रुद्रवेणी वामीटक्सार सडक स्तरबृद्धिका लागि ४८ करोड रकम आफुले नै पारेको भनेर कांग्रेस उम्मेदवार चन्द्र भण्डारीले भ्रम छरेको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै  नेता ज्ञवालीले कतै चन्द्र भण्डारीको स्मरण शक्ति कमजोर त भएन ? भन्ने प्रश्न समेत गरेका छन् । ‘त्यो ४८ करोड रकम मैले नै तपाईको लेटर प्याडमा लेखेर दिएको हो कि होईन ?’

नेता  ज्ञवालीका अनुसार त्यसवेला गुल्मीबाट सर्वदलिय राजनैतिक संयन्यत्र केन्द्रमा डेलिगेशन गएको थियो । जुन वेला नेकपा एमालेको सरकार थियो, विष्णु पौड्याल अर्थमन्त्री थिए । ज्ञवालीले भने ‘मलाई पार्टीबाट सिफारिस गर्न लगाईयो, मैले चन्द्र भण्डारीको लेटर प्याडमा ४८ करोड सिफारिस लेखेर पठाएर त्यो रकम परेको हो । तर चन्द्र भण्डारीले पारेको हुँ भन्दै झुटो प्रचार गरेर हिड्नुभएको छ यो गलत छ। ’

तत्कालिन अर्थमन्त्री विष्णु पौड्यालले पनि उक्त रकम पार्टी सचिव प्रदिपकुमार ज्ञवालीकै सिफारिसमा स्वीकृत भएको बताए । एमाले नेता पौड्यालले आफ्नो अर्थमन्त्री कार्यकालमा अर्घाखाँचीको पटौती देखि गुल्मीका चारै दिशा सडक सञ्चालल जोड्ने गरी करोडौं रकम परेको समेत खुलासा गरे । 

यता, चन्द्र भण्डारीले पनि कालिगण्डकी कोरिडोर योजना आफैले ल्याएको दावी गरे । भण्डारीले झुठो प्रचार गरेर भ्रममा पारेको एमाले नेताहरुको भनाई छ । तत्कालिन सभासद सुदर्शन वरालले पनि चन्द्र भण्डारीले भ्रम छरेको भन्दै एमाले नेता प्रदिप ज्ञवाली , गोकर्ण विष्ट लगायत गुल्मीका अगुवाहरु विचको सामुहिक योजनामा कालिगण्डकी कोरिडोरको अवधारणा बनाएको बताए । 

कालिगण्डकी कोरिडोरका विषयमा एमाले नेता ज्ञवाली भन्छन्–‘ चन्द्र भण्डारी २०७० सालमा सभासद बन्दा कालिगण्डकी कोरिडोरमा काम सुरु भई सकेको थियो, त्यो योजना उहाँले मैले पारेको हुँ भन्नु  एक वर्ष अघि जन्मेको वच्चाले मैले त्यसको एक वर्ष अघि नै एसएलसी पास गरेंको थिएँ भन्नु सरहकै हाँस्यास्पद कुरा हो । ’

    
यता तम्घासदेखि केकुलेको भिर छिचोल्दै  अर्खले नयाँगाउँ हुँदै प्युठान जोडने सडकमा ५० करोड भन्दा बढि रकम माओवादी र एमालेको नेतृत्वको सरकारमा पारिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धि जिसीले बताए । 

त्यस्तै जनता आवास कार्यक्रम अन्तरगत वोटे माफी समुदाय लगायतका विपन्न परिवारलाई बन्न लागेका घरहरुको योजना सुदर्शन वरालको पालादेखि सुरु भएको र त्यो नेपाल सरकारले वहुवर्षिय योजनाका रुपमा प्रत्येक वर्ष घर निर्माणको संख्या बढाउँदै गएको प्रदेश नम्वर १ का उमेदवार वरालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप