ब्राइट युथ क्लवले २८ गतेदेखि ए डिभिजन फुटवल प्रतियोगिता आयोजना गर्ने
काठमाडौं– काठमाडौं उपत्यकामा पहिलो पटक निजीस्तरको क्लवको आयोजनामा ११ लाख ५१ हजार रुपैयाँ भन्दा बढि पुरस्कार राशीको ए डिभिजन फूटवल प्रतियोगिता हुने भएको छ ।
चन्दागिरी नगरपालिका नैकापस्थित ब्राइट युथ क्लवले आगामी कात्तिक २८ गतेदेखि मंसिर ५ गतेसम्म यो प्रतियोगिता गर्न लागेको क्लवका उपाध्यक्ष कृष्ण बस्याल किसनले जानकारी दिए ।
प्रतियोगितामा ७ वटा ए डिभिजन क्लवका साथै आयोजक ब्राइट युथ क्लवसहित ८ वटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, एपिएफ, संकटा, हिमालयन शेर्पा, फ्रेन्डस्, जाउलाखेल युथ र आयोजक ब्राइट युथ क्लवका खेलाडीले सहभागिता जनाउने निश्चित भएको छ । काठमाडौंमो पहिलो पटक निजी स्तरको क्लवले ए डिभिजन फुटवल गरेर इतिहास रच्न लागेको आयोजक क्वलका अध्यक्ष रमेश बुढाथोकीले बताए ।
प्रतियोगितामा प्रथम हुनेले ५ लाख रुपैयाँ नगदसहित गोल्ड ट्रफी प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुनेले २ लाख ५० हजार नगदका साथै ट्रफी पाउने छ । प्रतियोगिता भरको बेस्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कार दिइने क्लवका उपाध्यक्ष किसनले जानकारी दिए । त्यस्तै हरेक खेलमा म्यान अफ द म्याच बन्ने खेलाडीले ३ हजार रुपैयाँ पाउने छन् । हरेक म्याच खेल्ने क्लवलाई ३० हजार रुपैयाँ दिइनेछ । खेलकुद मन्त्री राजन केसीले उद्घाटन गर्ने प्रतियोगिताको मुख्य प्रायोजकः नेपाल जनरल मार्केटिङ ९ज्भचय द्यष्पभ ०रहेको आयोकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ