शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालद्वारा भारतसामु  १८६ रनको चुनौति पेश

आइतबार, २६ कात्तिक २०७४, ११ : २९
आइतबार, २६ कात्तिक २०७४

काठमाडौं–  यु–१९  एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसामु १८६ रनको चुनौति पेश गरेको छ ।
 
मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक १८५ रन बनाएको हो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रन बनाए । यस्तै जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रन बनाउँदा अरु ब्याट्सम्यान खासै चल्न सकेनन् । 
 भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए । 
यसअघि  शनिबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप