बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रिपिटर टावर जडानसंगै मोवाइल लिनेको संख्या बढ्यो

आइतबार, ११ असार २०७४, १३ : ५८
आइतबार, ११ असार २०७४

रसुवा - प्रत्येक नागरिकलाई सञ्चारको पहुँच पु¥याउने सरकारको नीतिअनुरुप नेपाल टेलिकमले जिल्लाका विभिन्न ठाउँमा रिपिटर टावर जडान कार्य अगाडि बढाएको छ । 

नेपाल टेलिकम रसुवा शाखाका प्रमुख जनक डाँगीका अनुसार धुन्चे, टिमुरेको खैदी, गोल्जुङ भन्ज्याङ, ठाडे जिवजिवे क्षेत्रमा मोबाइल सेवाका लागि रिपिटर टावर जडान भइसकेको र दुर्गम क्षेत्र यार्सा र डाँडागाउँ ठूलोगाउँका लागि कालिका स्थानमा रिपिटर टावर सञ्चालनमा ल्याइने भएको छ । 

ठाउँठाउँमा रिपिटर टावर जडान भएका कारण २० हजार रसुवालीले मोबाइल सेवा लिइसकेको नगारिक समाजको अनुमान छ । राष्ट्रिय जनगणनाका आधारमा यहाँको जनसङ्ख्या ४३ हजार छ । 

गाउँपालिका, स्वास्थ्य संस्था र माध्यमिक विद्यालयलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने कार्य पनि अगाडि बढाइएको टेलिकमका प्रमुख डाँगीले जानकारी दिए । उनका अनुसार अप्टिकल फाइबरको व्यवस्था भने धुन्चे सदरमुकामसम्म भइसकको छ । 

यस्तै ल्यण्ड लाइन फोन नेपाल–चीनको अन्तर्राष्ट्रिय क्षेत्र टिमुरे सिमाना स्याफ्रुबेसी, धुन्चे, कालिकास्थान र जिवजिवे गरी मुख्य पाँच स्थानमा ९६४ थान उपलब्ध गारइएकामा ३५० वटामा इन्टरनेटकोे सुविधासमेत उपलब्ध गराइएको र यसबाट रु ६० लाख शुल्क उठ्ने गरेको नेपाल टेलिकमले जनाएको छ । 

सञ्चार सुबिधाले दूरदराजका ग्रामीण बासीमा उमङ्ग छाएको स्थानीय पण्डित टङ्कप्रसाद ढकालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप