शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गिरानचौरको एकीकृत वस्तीमा पुस्तकालय

आइतबार, ११ असार २०७४, १३ : ३७
आइतबार, ११ असार २०७४


सिन्धुपाल्चोक– सिन्धुपाल्चोक गिरानचौरस्थित धुर्मस सुन्तली फाउण्डेशनद्धारा निर्माण गरिएको एकीकृत वस्तीमा अत्याधुनिक पुस्तकालय संचालनमा आएको छ । 


गोकर्णेश्वर नगरपालिका–८ निवासी समाजसेवी दीपकसिंह भण्डारी तथा उनकी श्रीमति शकुन्तला भण्डारीले स्वर्गिय पिता टुन्नरसिंह भण्डारी तथा माता यज्ञकुमारी भण्डारीको सम्झनामा पुस्तकालय स्थापना गरिदिएका हुन । पुस्तकालयका लागि भण्डारीले करिव आठ लाखका समाग्री सहयोग गरेका छन् । 


पुस्तकालयको सिन्धुपाल्चोक क्षेत्र नम्बर तीनका सांसद् शेरबहादुर तामाङ, गोकर्णेश्वर नगरापालिकाका मेयर सन्तोष चालिसे लगायतले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा एकीकृत वस्तीको सहयोगार्थ गोकर्णेश्वर नगरपालिकाका समाजसेवीहरु लक्ष्मण श्रेष्ठले ५ हजार तथा मोहन बराल र प्रदीप ठकुरीले पनि ३–३ हजार रुपैयाँ प्रदान गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप