शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा ऐनको स्वागत

शनिबार, २५ कात्तिक २०७४, २० : ३४
शनिबार, २५ कात्तिक २०७४

काठमाडौँ – डक्टर्स एशोसिएसन अफ नेपालले सरकाले अध्यादेशमार्फत चिकित्सा शिक्षासम्बन्धी ऐन जारी गरेकामा सरकार र विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिलाई धन्यवाद दिएको छ । 

विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सुशासन तथा पारदर्शिता ल्याउने विश्वास व्यक्त गर्दै संस्थाले विधेयकको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य तथा अन्य मन्त्रालयसित मागसमेत गरेको छ । 

संस्थाका महासचिव चिकित्सक तोशिमा कार्कीद्वारा यहाँ आज जारी विज्ञप्तिमा संविधानप्रदत्त गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक हकलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न ऐनले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ । 

आगामी प्रतिनिधिसभाको पहिलो बैठकले ऐनलाई अनुमोदन गर्ने संस्थाले विश्वास लिएको छ । ऐन ल्याउन माग गर्दै १३ औँ पटकसम्म सत्याग्रह गर्नुभएका प्रा डा गोविन्द केसी तथा उनका समूहमा रहनुभएका डा जीवन क्षेत्री, डा अधिषेकराज सिंह तथा अधिवक्ता ओमप्रकाश अर्याललाई पनि संस्थाले धन्यवाद दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप