शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तोलामा एक सय रुपैयाँ बढ्यो सुनको भाउ

आइतबार, ११ असार २०७४, १३ : ३५
आइतबार, ११ असार २०७४

काठमाडौं – नेपाली बजारमा आईतबार सुनको भाउ प्रति तोला एक सय रुपैयाँ बढेको छ । गत साताको शुक्रबार तोलाको ५४ हजार ४ सय रुपैयाँ निर्धारण भएको सुनको भाउ आज भने ५४ हजार ५ सय रुपैयाँ रहेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजार भाउ अनुसार नेपाली बजारमा सुनको भाउ केही तलमाथि भइरहेको छ ।

यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज ७ सय ४५ रुपैयाँ छ । गत शुक्रवार चाँदीको भाउ ७ सय ४० रुपैयाँ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप