बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दि दरबार टि २० क्रिकेटका उपाधी रुपन्देहीलाई

शनिबार, २५ कात्तिक २०७४, २० : १५
शनिबार, २५ कात्तिक २०७४

पाल्पा – पाल्पा जिल्लाकै ठूलो पुरस्कार राशीको दि दरबार टि २० क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी क्रिकेट क्लब रुपन्देहीले हात पारेको छ ।


१ लाख पुरस्कार राशीको प्रतियोगितामा लुम्बिनिले पाल्पा ईलाभेन क्रिकेट क्लबलाई १३ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।


१ सय ५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाल्पा ईलाभेन सबै विकेट गुमाएर ९२ रनमा समेटियो । लुम्बिनीका बसिर खान म्यान अफ दी फाईनल र म्यान अफ दी सिरिज दुबै भए । प्रतियोगिताको बिजेता लुम्बिनिले १ लाख रुपैयाँ तथा उपबिजेता पाल्पा ईलाभेनले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।


समापन समारोहका प्रमुख अतिथी तथा अन्तराष्ट्रीय अम्पायर सत्यजित सरकारले क्रिकेट बिकासमा जिल्ला क्रिकेट संघ पाल्पाको महत्वपुर्ण कदम भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप