बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

न्युयोर्कमा मानव अधिकारकर्मी नर्वदा छेत्री क्वीन्स एम्बासडरद्वारा सम्मानित

शनिबार, २५ कात्तिक २०७४, १९ : ००
शनिबार, २५ कात्तिक २०७४

विजय थापा 

विश्वकै सम्राट राज्य मानिने न्यूयोर्क शहरमा बसोबास गर्दै आएकी निकै क्रियाशील नेपाली समुदाय कि मानव अधिकारकर्मी तथा महिला सामाजिक कार्यकर्ता नर्बदा छेत्रीलाई क्वीन्स एम्बासडर पुरस्कार(२०१७) द्वारा सम्मानित गरिएको छ । उनीसहित २५ जना आप्रवासीहरुलाई असाधारण ,उदाहरणीय तथा फरक समुदायमा काम गरे वापत सम्मान गरिएको थियो । 

उनलाई न्युयोर्कस्थित झन्डै एकसय बर्ष अगाडी स्थापना भएको (सन् १९१९) टाइम्स लेजर पत्रिकाले उक्त पुरस्कारद्वारा सम्मान गरेको हो । अधिकारकर्मी छेत्रीलाई यस अघि सन् २०१२ मा न्यू योर्क शहर डिस्ट्रिक्ट २५ काउन्सिल सदस्य डानियल ड्रमले इमिग्रेन्ट हेरिटेज अवार्डद्वारा सम्मान गरेको थियो भने, युएसनेपालअनलाईनले उनले गरेको समाज सेवाको उच्च कदर गर्दै सन् २०११ मा गेस्ट अफ अनरद्वारा पनि सम्मान गरेको थियो । 

न्यू योर्क शहरको क्वीन्स बिशेष गरी नेपाली दिदीबहिनीहरुको हक अधिकारको निम्ति कृयाशिल संस्था अधिकारकी कार्यक्रम तथा संगठन निर्देशक अधिकारकर्मी छेत्रीसंग नेपालमा झन्डै १५ वर्ष मानब अधिकारको क्षेत्रमा काम गरेको अनुभब छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप