स्कूलको होमवर्कः ‘आफ्नो सूसाइड नोट लेखेर ल्याउनू’
इन्डिपेन्डेन्ट डट को डट यूके
बेलायतको एक स्कूलले होमवर्कमा आफ्ना विद्याथीलाई सूसाइड नोट लेखेर ल्याउने निर्देशन दिएको छ । स्कूलले ६० विद्यार्थीलाई अंग्रेजी कक्षालाई यस्तो होमवर्क दिएको हो । जसलाई सूसाइड नोट लेख्न निर्देशन दिइयो ती सबै सेक्सपियरको एक चर्चित नाटक ‘म्याकबेथ’ पढिरहेका थिए ।
यसले विवाद निम्त्याएपछि किटब्रूकस्थित थोमस ट्यालिस स्कूलले माफी मागेको छ । विद्यार्थीको जो समूहलाई सूसाइड नोट लेख्न भनिएको थियो, तीमध्ये केही यस्ता विद्यार्थी पनि समावेश थिए जसको साथीले आत्महत्या गरेका थिए । समूहमा समावेश एक विद्यार्थीकी आमाका अनुसार उनकी छोरीका तीन साथीहरुले आत्महत्या गरेका थिए र जब स्कूलले सूसाइड नोट लेख्ने होमवर्क दियो तब आफ्नो साथीलाई याद गरेर निकै दुखी भएकी थिइन् । आफूलाई यसबारे थाहा हुने बित्तिकै स्कूलमा यसबारे उजुरी दिएको उनले बताइन् ।
महिलाले बेलायतको एक स्थानीय पत्रिका न्यूज शपरसँग कुराकानी गदै भनिन्, ‘विद्यार्थीलाई होमवर्कमा सूसाइड नोट लेख्नु कुन हिसाबले राम्रो कुरा हो । योभन्दा पहिले २ कक्षाका बच्चाले यस्तो गृहकार्य गरिसकेका छन् । मेरी छोरीले आफ्नो कुरा फ्याट्ट भन्ने गर्छिन् तर सबैले मेरी छोरीजस्तै आफ्नो कुरा खुलेर भन्न नसक्लान् ।’ एक अन्य अभिभावकले भने, ‘बच्चाहरुले सेक्सपियरबारे पढिरहेका छन् त्यो राम्रो कुरा हो तर सूसाइड नोट लेख्न लगाउनु भने निकै लज्जास्पद छ । जो शिक्षकले यस्तो गृहकार्य दिए उनले पुनः तालिम लिनुपर्ने देखिन्छ । ’
स्कूलका प्रधानाध्यापकले यो पूरा प्रकरणमाथि खेद जताउँदै माफी मागेका छन् । उक्त पूरा घटनामाथि कारवाही गरिसकिएको जानकारी दिँदै यस्तो प्रकारको प्रोजेक्ट अब बच्चाहरुलाई नदिइने विश्वास पनि उनले दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर