बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको भंगालमा स्पोर्टस् भिल्ला सञ्चालनमा

शनिबार, २५ कात्तिक २०७४, १३ : १६
शनिबार, २५ कात्तिक २०७४

काठमाडौं–काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –८ स्थित सुन्दरवस्ती भंगालमा नौलिन स्पोर्टस् भिल्ला सञ्चालनमा आएको छ ।

अन्र्तराष्ट्रिय मापदण्ड अनुसारका दुई वटा डबल र एउटा सिंगल टेनिस कोर्टसहितको नौलिन स्पोर्टस् भिल्ला शनिबार सञ्चालनमा आएको हो । 
उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले मनोज राणासँग टेनिस खेलेर स्पोर्टस् भिल्लाको शुभारम्भ गरे । 
 उद्घाटन कार्यक्रममा काठमाडौं–४ मा प्रतिनिधिसभा उम्मेदवारहरु नेपाली कांग्रेसका गगन थापा, नेकपा एमालेका डा. राजन भट्टराई र विवेकशील साझा पार्टीकी शुबुना बस्नेत, नेपालमा टेनिस खेल भित्र्याउने ९० बर्षिय हेम लामा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला पनि सहभागी थिए । 
१ करोड २५ लाख रुपैयाँको लागतमा ६ महिना लामो समय लगाएर तयार पारिएको स्पोर्टस भिल्लामा विहान छ बजेदेखि नौ बजेसम्म टेनिस खेल्ने सुविधा छ । प्रापिटसहितको टेनिस कोर्टमा लाइटको समेत व्यवस्था छ । नौलिन स्पोर्टस् भिल्लाका प्रबन्ध निर्देशक किशोर थापाले टेनिस खेलाडीहरुको संख्या बढिरहेको र स्वस्थ्य रहनका लागि टेनिस खेल्नेको संख्या पनि बढेको तर स्तरीय कोर्टको अभावमा उनीहरु सामान्य कोर्टमा चित्त बुझाउन वाध्य भएका कारण प्रशिक्षकहरुको सुझाव अनुसार अन्र्तराष्ट्रिय मापदण्डमा आधारित कोर्ट बनाएको बताए । 
५ रोपनी क्षेत्रफलमा फैलिएको स्पोर्टस् भिल्लामा खेलाडीहरुका लागि तीन जना प्रशिक्षक र आवश्यक संख्यामा बल ब्वाइको व्यवस्था गरिएको छ । उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले निजीस्तरबाट अन्र्तराष्ट्रियस्तरको कोर्ट निर्माणले टेनिस खेलको विकासमा ठूलो टेवा पुग्ने बताए । 
पर्याप्त पार्किङ रहेको स्पोर्टस भिल्लामा गाडी धुने सुविधा समेत उपलब्ध छ ।
 स्पोर्टस् भिल्लाले वार्षिक सदस्यता लिनेका लागि ४५ हजार तथा अन्यका लागि घण्टाको तीन सय रुपैयाँ शुल्क तय गरेको छ । स्कुल र कलेजका विद्यार्थीहरुका लागि भने छुट गरिने प्रबन्ध निर्देशक थापाले बताए । 
 स्पोर्टस् भिल्लाको उद्घाटनका क्रममा टेनिसका प्रशिक्षक रामबहादुर तामाङलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप