शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाकाहार र मांसाहार कुन भोजन उत्तम ?

शनिबार, २५ कात्तिक २०७४, १२ : १०
शनिबार, २५ कात्तिक २०७४

स्वामी ज्ञानमित्र

शाकाहार र मांसाहारमध्ये कुन उत्तम भनेर विश्वभर नै प्रमुख बहसको मुद्दा बनिरहेको छ । यी दुवैका पक्षपातीले आ–आफ्ना पक्षमा अनेकौँ तर्क प्रस्तुत गरिरहेका छन् । जीवहत्या अन्त्य गर्दै शाकाहारी बन्दा धेरै पाटोबाट फाइदा हुने तर्क बिस्तारै बलियो हुँदै गएको छ । तर, तपाईंलाई शाकाहार र मांसाहारबारे कति कुरा थाहा छ ? पढ्नुहोस् केही तथ्य :

के हो शाकाहार ? 
रूखबिरुवाबाट उत्पादिन वनस्पतिजन्य भोजन शाकाहार हुने । अनाज, दाल, फल, तरकारीबाहेक पशुबाट प्राप्त हुने दूध र दूधबाट बनेका अनेकौँ सामग्री पनि शाकाहारकै श्रेणीमा गनिन्छन् । ल्याक्टो भेजिटेरियनमा वनस्पतिमा आधारित भोजनका साथै डेरी उत्पादन पर्छन् भने ओवो भेजिटेरियन श्रेणीमा वनस्पतिमा आधारित भोजनका साथै अन्डा पनि पर्छ । ओवो ल्याक्टो भेजिटेरियन श्रेणीमा वनस्पतिमा आधारित साथै अन्डा एवं डेरीका उत्पादन पर्छन् भने सेमी– भेजिटेरियनमा ओवो ल्याक्टो भेजिटेरियनका साथै माछा र चिकेन पनि सम्मिलित हुन्छन् । शुद्ध शाकाहार श्रेणीमा मह, डेरी उत्पादन, अन्डा तथा माछासहित पशुबाट प्राप्त कुनै पनि चिज पर्दैनन् ।

शाकाहारका फाइदा
शाकाहार भोजनले आत्मविश्वास दिन्छ । यो भोजनमा बोसो अर्थात् कोलेस्ट्रोलको मात्रा कम हुन्छ । रेसा प्रशस्त मात्रामा हुन्छ । अधिकांश शाकाहार भोजनलाई हाम्रो पाचनतन्त्रले छिटै पचाउँछ । विभिन्न धर्मले यस्तो भोजनलाई सात्विक मानेका छन् । सात्विक भोजन शान्ति, एकाग्रता, करुणा, प्रेम, दयाजस्ता गुणका लागि प्रख्यात छ । शाकाहारी मानिसको रोग प्रतिरोधात्मक क्षमता मांसाहारीको भन्दा बढी हुन्छ ।

शाकाहारीलाई प्रोस्टेट र कोलोन ग्रन्थिको क्यान्सर हुने खतरा न्यून हुन्छ । महिलामा हुने स्तर क्यान्सरको सम्भावना पनि कम गर्छ । अनाज, फल, तरकारीमा प्रशस्त रेसा र एन्टिअक्सिडेन्ट पाइन्छ जसले अनेक रोग लाग्नबाट जोगाउँछ ।

शाकाहारका बेफाइदा
शाकाहार मात्रै लिने प्राणीहरूमा भिटामिन बी–१२, जिंक, ओमेका–३, जिंक, ओमेगा–३, भिटामिन डी–३ र सल्फरको कमी हुन्छ । यस्तो भोजनमा उपलब्ध हुने आइरनलाई मानव शरीरले अवशोषित गर्न सक्दैन । यसकारण शरीरमा आइरन र रगतको मात्रा कम हुन सक्छ । खासगरी महिलाहरूमा पनि महिनाबारीमा यसले समस्या गर्छ ।

के हो मांसाहार ? 
संसारमा शाकाहारको तुलनामा मांसाहार नै बढी प्रचलित छ । घरबाहिर देश–विदेश यात्रामा निस्किँदा शाकाहारीलाई समस्या नै पर्ने अवस्था छ । जीवका मासुजन्य आहार मांसाहारमा पर्छन् । अन्डा पनि शुद्ध शाकाहार होइन । मांसाहार र शाकाहार दुवैका फाइदा र बेफाइदा छन् । कुन रोज्ने इच्छा तपाईंकै हो । तर, जुन पद्धति रोजे पनि सन्तुलित भोजन ग्रहण गर्नुपर्छ । भोजनमा तेल, मसला र पिरो कम हुनुपर्छ । योग र व्यायामलाई दिनचर्या बनाउनुपर्छ । शाकाहारीले सकेसम्म आग्र्यानिक उत्पादन प्रयोगमा ल्याउनुपर्छ । मांसाहारीले पनि फाइबरयुक्त भोजनमा उत्तिकै जोड दिनुपर्छ ।

र, यो पनि
मांसाहार र शाकाहार दुवैका फाइदा र बेफाइदा छन् । कुन रोज्ने इच्छा तपाईंकै हो । तर, जुन पद्धति रोजे पनि सन्तुलित भोजन ग्रहण गर्नुपर्छ । भोजनमा तेल, मसला र पिरो कम हुनुपर्छ । योग र व्यायामलाई दिनचर्या बनाउनुपर्छ । शाकाहारीले सकेसम्म आग्र्यानिक उत्पादन प्रयोगमा ल्याउनुपर्छ । मांसाहारीले पनि फाइबरयुक्त भोजनमा उत्तिकै जोड दिनुपर्छ ।

प्रकाशोन्मुख पुस्तक ‘एक हजार प्लस रोचक वैज्ञानिक तथ्य’बाट ।

नयाँ पत्रिकाबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप