शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जान्नुहोस् यसरी स्याहार गरे बिग्रन्न छाला

शनिबार, २५ कात्तिक २०७४, १२ : ०७
शनिबार, २५ कात्तिक २०७४

सुन्दर बन्न छालाको स्याहार गर्नैपर्छ । महिला तथा पुरुष दुवैले आफ्नो अनुहारको चमक कायम राख्न छालाको विशेष ख्याल राखिएन भने सुन्दर बन्न सकिँदैन । मानिसको उमेरअनुसार छालाको प्रकृति फरक–फरक बन्दै जान्छ । त्यसैले सबै उमेरमा एउटै किसिमको उपचार तथा ब्युटी प्रोडक्ट प्रयोग गर्नु उपयुक्त हुँँदैन ।

१३ देखि १९ वर्षको उमेर टिनएजरको उमेर हो । यो उमेरमा कुनै पनि केमिकल प्रयोग नगर्नु नै राम्रो हुन्छ । गर्नैपर्ने अवस्था आएमा पनि हर्बल तथा फ्रुट ट्रिटमेन्ट गर्नु उत्तम हुन्छ । हर्बलअन्तर्गत अदुवा, बेसार, पुदिनाको पात, मह तथा काँक्राको प्याक पनि लगाउन सकिन्छ । तर, अहिलेको आधुनिक युगमा खानपान स्वस्थकर नहुँदा अनुहारमा विभिन्न रोगजस्तै, डन्डिफोर, दाग आदि आउँछ । यसलाई उपचार गर्नु आवश्यक पनि हुन्छ । यस्तो समस्या आउँदा घरेलु उपचारले नभएमा छालारोग विशेषज्ञकहाँ जानुपर्छ ।

२० देखि ३० वर्षको उमेरमा मानिसको छाला गुलाबी हुन्छ । यो उमेरमा साबासियस ग्रन्थि धेरै नै सक्रिय हुन्छ । यो ग्रन्थिले छालाको सुरक्षा गर्नुका साथै नरमपना दिन्छ । यसले अनुहारमा देखिने चाउरीपनलाई पनि कम गराउँछ । तर, यो ग्रन्थिले हरेक समय छालालाई राम्रै गर्छ भन्ने हुँदैन । कतिपय अवस्थामा यसले छालाको छिद्र खोल्ने र बन्द गर्ने गर्दा अनुहारमा पिम्पल अथवा छालामा रुखोपना ल्याउँछ । यो उमेरमा ज्यादा पौष्टिक खाना नखानाले छालामा असर देखिनुका साथै गुलाबीपन पनि हराउन थाल्छ । यो समयमा छालाको क्लिन्जिङमा बढी ध्यान दिनुपर्ने हुन्छ ।

३० देखि ४० वर्ष उमेरमा छालामा नरमपना र पोषण प्राप्त गर्नु आवश्यक हुन्छ । छालामा कोलेजनको कमी भई छालाको लचकतामा कमी आउँछ । यसका लागि एन्टिएजिङ क्रिमको प्रयोग गर्नु फाइदाजनक हुन्छ । यो उमेरमा मोस्चराइजरको मात्राले पुग्दैन । जसबाट छालामा मसिना रेखाहरू बन्न पाउँदैन । सुत्नुपूर्व धेरै मस्चराइजर प्रयोग गर्नुभन्दा स्किन रिपेयर क्रिमको प्रयोग गर्दा धेरै राम्रो हुन्छ ।

४० देखि ५० वर्षको उमेरमा मानव शरीरमा हर्मोनको उतारचढावले छालामा प्रभाव देखिन्छ । त्यस्तै, यो उमेरमा स्टोजनको स्तर बिग्रिन थाल्छ । यो तन्तुले छालालाई प्रभावकारी बनाउने काम गर्छ । विशेषगरी, यही उमेरमा छालामा गुणस्तरीय ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ । जसले छालालाई कसिलो बनाउँछ । बदाम एवं प्रोटिनयुक्त खानाको प्रयोग यो उमेरमा आवश्यक पर्छ । यसले अनुहारको छालालाई एकै किसिमको बनाउँछ । त्यस्तै, यो उमेरमा पानी तथा पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तो उमेरमा अनिद्रा छालाका लागि निकै खतरनाक मानिन्छ । त्यसका लागि राम्रो नाइट क्रिमको प्रयोग गर्न सकिन्छ ।

पाँच दशकको उमेर कटिसकेपछि छालाको चमक कायम राख्न धेरै गाह्रो हुन्छ । यो उमेरमा छालामा धेरै दाग देखिन थाल्छ । यसका लागि कोजिक एसिडको प्रयोग गर्नुपर्छ । यो एसिड हामीले च्याउमा प्राप्त गर्न सक्छौँ । यो प्रयोग गर्नु सबै उमेरमा उत्तम हुन्छ । बजारमा च्याउ र अनारको रस मिश्रित एन्टिएजिङ क्रिम पाइन्छ । यो उमेरमा जैतुन, सोयाबिन, अनारको सेवन गर्नु राम्रो हुन्छ । छाला खुम्चिनबाट जोगाउन गुणस्तरीय मस्चराइजरको प्रयोग गर्नुपर्छ ।

६ दशकमाथिको उमेर पुगिसकेपछि मानिसको छाला खुकुलो हुँदै जान्छ । यसलाई रोक्न हामीले केही घरेलु तथा आधुनिक उपाय पनि अपनाउन सक्छौँ । घरेलु उपायअन्तर्गत अन्डाको पहेँलो भाग, पाउरोटीको बीचको भाग, पाउडर दूध तथा मह मिश्रण गरी पेस्ट बनाएर छालामा लगाउन सक्छौँ

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप