बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गजल

शनिबार, २५ कात्तिक २०७४, ०९ : ०७
शनिबार, २५ कात्तिक २०७४

-तुलबहादुर परियार  

चुनाव आयो फेरि नेता भोट माग्न आका छन् रे ।
पूरा गर्नु हैन  फेरि ठूलाठूला गफ लाका छन् रे ।।

कहाँबाट आउँछ पैसा चुनाव लड्ने तिनलाई कुन्नि ।
करोडौँका गाडी चढ्छन खादा माला लाका छन् रे ।।

गाउँमा जन्मे हुर्किएको किसानको छोरो नेता ।
पाँचतारे होटलमा नास्ता खाना खाका छन् रे ।।

च्याउ जस्तै  उम्रेका दल  नेता पनि कति धेरै ।
दुई चारजना राम्रा होलान अरू सबै डाका छन् रे ।।

पढे लेख्या युवा जति पासपोर्ट बोक्दै खाडीतिर ।
देश बनाउँछम भन्ने  नेता सबै बूढा  पाका छन् रे ।।

पोखरा–११ 
हाल: दोहा कतार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप