शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, २५ कात्तिक २०७४, ०६ : ०८
शनिबार, २५ कात्तिक २०७४

आजको राशिफल
वि.स.२०७४ साल कात्तिक २५ गते। शनिबार। इश्वी सन् २०१७ नोभेम्बर ११ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– अष्टमी, १८:०१ बजेउप्रान्त नवमी। नक्षत्र– अश्लेषा, १६:४९ बजेउप्रान्त मघा। योग– शुक्ल, ९:२४ बजेउप्रान्त ब्रह्म। करण– वालव, ६:५६ बजेदेखि कौलव, १८:०१ बजेपछि तैतिल २९:१० बजेउप्रान्त गर। आनन्दादिमा मानस योग। 

चन्द्रराशि– कर्कट, १६:४९ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:२२ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २७ घडी ०३ पला। अष्टमी व्रत। साँझमा भैरवोत्पत्ति। गोरखकाली पूजा। फाल्गुनन्द जयन्ती।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालन व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महशुष हुँनेछ । पढाई लेखाई बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनिति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुँनाले अध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुँनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुँनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ भने सत्रु परास्त हुँनेछन् । साझपख समय मध्ययम रहेकोले स्वास्थ्य तथा अन्य कुरामा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मीय मित्र तथा जीवन साथिको सहयोगले व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिष्पर्धिहरुलाई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला शाहित्यमा समय दिनेहरुले आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । साझपख छोटो दुरिको यात्रा हुँनेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनिति तथा समाजसेवामा  सम्मानजनक स्थान पाउँन बढिनै मेहनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग बिवाद बढ्ने योग रहेकोछ मने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुँने हुँदा मन खिन्न हुँनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव सिर्जना हुँनेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने अधिक सम्भावना रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानि नहुँदा दैनिक खर्च जुटाउँन कुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानिका बाटाहरु साँघुरा हुँनेछन् । साझपखको समय उत्तम रहेकोले राजनिति तथा समाजसेवा फाप्ने हुँनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जानाले  भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउँन सकिनेछ भने शिक्षा क्षेत्रको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुँने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैया पैसा प्रशस्त कमाउँन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा अढिनै आम्दानि हुँने हुँदा नयाँ क्षेत्रमा लगानि गर्न जागर आउँनेछ भने रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागिर पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुँने प्रशस्त सम्भावना रहेकोछ । अध्ययन तथा अध्यापनमा सहकर्मिको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरि पुरस्कृत हुँने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुँनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुँनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ भने दैनिकी प्रभावित हुँनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसक्दा गृहकार्यहरु थाति रहनेछ । साझपख गरिने कुनै पनि कामधन्दा सफल रुपमा अगाडि बढ्ने हुँनाले मन प्रशन्न रहनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा लगानि गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरुबिच मन मिल्ने हुँदा नया उद्योगमा लगानि गर्ने अवसर जुर्नेछ । पढाई लेखाईमा मन जाने हुँनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसि हुँनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनुको साथै जीवन साथिको साथ रहने हुँनाले काम गर्न उर्जा थपिनेछ । साभपख भौतिक तथा बिलाशि बस्तुहरु प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ  । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिष्पर्धिहरुलाई परास्त गर्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउँने समय रहेकोछ । राजनिति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउँनेछन् । व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाईनेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप