फुडमाण्डु सेवाको ८औं वर्षमा प्रवेश
काठमाडौं – काठमाण्डौंका विभिन्न उत्कृट रेष्टुरेण्टहरुबाट खानाका परिकारहरु घरदैलोसम्म उपलब्ध गराउने एक अग्रणी सेवा प्रदायक कम्पनी फुडमाण्डु प्रा. लि.ले आफ्नो सातौंवर्ष पूरा गरेको छ । यस अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी आप्mनो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ ।
सेवा गुणस्तरलाई अझ बढाउँदै, सेवा प्रदान गर्ने स्थानहरुको परिधी तथा आफुसँग आवद्ध रेण्टुरेण्टहरुको संख्या बढाउँदै लैजाने योजना समेत रहेको फुडमाण्डुका प्रमुख कार्यकारी मनोहर अधिकारीले बताए ।
सन् २०१० नोभेम्बर ११ मा आफ्नो सेवा सरुुवात गरेको कम्पनीले स्थापनादेखि हालसम्म २ लाखभन्दा बढी अर्डरहरु ग्राहकहरुको घरदैलोसम्म डेलिभरी गरिसकेको दावी गरेको छ ।
सातौं वर्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ११ नोभेम्बरदेखि ७ दिनका लागि प्रत्येक अर्डरमा ७ प्रतिशत छुट उपलव्ध गराउने योजना ल्याएको छ । ग्राहकहरुले कम्पनीको वेवसाइट, मोवाईल एप वा टेलिफोन जुनसुकै माध्यमबाट गरिने अर्डरमा यो छुट प्राप्त गर्न सक्ने जनाएको छ ।
१ सय ७५ भन्दा बढी प्रख्यात रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै आएको फुडमाण्डुले स्वादमा विविधता चाहने ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने- संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही