शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फुडमाण्डु सेवाको ८औं वर्षमा प्रवेश

शुक्रबार, २४ कात्तिक २०७४, १९ : १२
शुक्रबार, २४ कात्तिक २०७४

काठमाडौं – काठमाण्डौंका विभिन्न उत्कृट रेष्टुरेण्टहरुबाट खानाका परिकारहरु घरदैलोसम्म उपलब्ध गराउने एक अग्रणी सेवा प्रदायक कम्पनी फुडमाण्डु प्रा. लि.ले  आफ्नो सातौंवर्ष पूरा गरेको छ । यस अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी आप्mनो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ ।

 सेवा गुणस्तरलाई अझ बढाउँदै, सेवा प्रदान गर्ने स्थानहरुको परिधी तथा आफुसँग आवद्ध रेण्टुरेण्टहरुको संख्या बढाउँदै लैजाने योजना समेत रहेको फुडमाण्डुका प्रमुख कार्यकारी मनोहर अधिकारीले बताए ।


सन् २०१० नोभेम्बर ११ मा आफ्नो सेवा सरुुवात गरेको कम्पनीले स्थापनादेखि हालसम्म २ लाखभन्दा बढी अर्डरहरु ग्राहकहरुको घरदैलोसम्म डेलिभरी गरिसकेको दावी गरेको छ । 


सातौं वर्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ११ नोभेम्बरदेखि ७ दिनका लागि प्रत्येक अर्डरमा ७ प्रतिशत छुट उपलव्ध गराउने योजना ल्याएको छ । ग्राहकहरुले कम्पनीको वेवसाइट, मोवाईल एप वा टेलिफोन जुनसुकै माध्यमबाट गरिने अर्डरमा यो छुट प्राप्त गर्न सक्ने जनाएको छ । 

१ सय ७५ भन्दा बढी प्रख्यात रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै आएको फुडमाण्डुले स्वादमा विविधता चाहने ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप