शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धौभडेलको ‘वन्ली यु’ विमोचित

आइतबार, ११ असार २०७४, १२ : ४०
आइतबार, ११ असार २०७४

नगरकोट -चौध वर्षको नियमित साधनापछि गायक रोशन धौभडेलको पहिलो एकल गीति एल्बम ‘वन्ली यु’ ९मात्र तिमी०सार्वजनिक भएको छ । 

गायक दीप श्रेष्ठ, दीपक जङ्गम र दीपक खरेलले शनिबार एल्बम विमोचन गर्नुभएको हो । एल्बममा भएका आठ गीतमध्ये सात वटामा धौभडेलले आफैँले र एउटामा सुनिल मोक्तानसँगको सहकार्यमा सङ्गीत भर्नुभएको छ । एल्बममा ध्रुव मधिकर्मी, भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, मगनबाबु श्रेष्ठ, उज्ज्वलकुमार बस्नेत, शिवप्रसाद मुनंकर्मी, तुलसी घेमोसुसँगै गायक धौभडेलका शब्द छन् । 
एल्बम विमोचनमा गायकहरुले धौभडेलको स्वर बहुआयामिक रहेको बताउँदै उहाँको आफ्नै मिठासपूर्ण स्वर भएकाले जुनसुकै गीत गाउने क्षमता राख्ने जिकिर गर्नुभयो । गीतकार मधिकर्मीले गीत र सङ्गीतका क्षेत्रमा भक्तपुरमा प्रतिभावान् व्यक्तित्व भए पनि प्रचारमा आउन नसकेको गुनासो गरे । 
गायक धौभडेलले आफू गायक किशोरकुमारबाट धेरै प्रेरित भएको जानकारी दिँदै करिब तीन वर्षको प्रयासबाट एल्बम निकाल्न सफल भएको बताउनुभयो । 
एल्बम बिक्रीबाट प्राप्त रकम भक्तपुर नगरपालिका– ७ स्थित सिद्धिशालिग्राम आदर निकेतनलाई सहयोग गरिने बताइएको छ । एल्बम लिब्जु फिल्मस् प्रालिले बजारमा ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप