शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी पक्राउ पर्यो टर्कीमा इस्लामिक स्टेट्सका ९३ लडाकू

शुक्रबार, २४ कात्तिक २०७४, १७ : ४१
शुक्रबार, २४ कात्तिक २०७४

इस्ताबुल –टर्कीको इस्तानबुल र दक्षिणी प्रान्त आदानामा टर्की प्रहरीले इस्लामिक स्टेट्स (आइएस) का ९३ जना आतङ्ककारी पक्राउ गरेको छ । 

स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएका छन् । समातिएका आइएस आतङ्ककारीहरु प्रायः विदेशी भएको जनाइएको छ । 

इस्ताबुलका १४ वटा स्थानमा सँगसँगै गरेको प्रहरी कारबाहीमा ८२ व्यक्ति समातिएका सरकारद्धारा सञ्चालित सञ्चारमाध्यम आनादोलुले जनाएको छ । 

त्यसैगरी आदाना प्रान्तमा भएको प्रहरी कारबाहीमा ११ जना सिरियाली पक्राउ परेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप