शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मसँग माया गाँस्न चाहने धेरै छन्– गायिका रिता

शुक्रबार, २४ कात्तिक २०७४, १५ : ५५
शुक्रबार, २४ कात्तिक २०७४

राप्ती क्षेत्रबाट गीत सङ्गीतमा होमिएका थुप्रै छन् । तर केहीले मात्र सफलता चुमेको देख्न सकिन्छ । ती मध्यकी एक हुन्– गायिका रिता केसी ‘तिमी आयौ मधुमास आयो’ एक चलचित्रको यो गीतबाट गायन करियर सुरु गरेकी उनले अहिलेसम्म करिब २ सय गीतमा स्वर दिइसकेकी छन् । चलचित्रका, तीजका गीत होस् वा आधुनिक उनको स्वर चारैतिर फैलिएको छ । दाङमा जन्मिए पनि कर्मथलो काठमाडौँ बनाउँदै आएकी उनी गायनको सिलसिलामा देशविदेशमा समेत व्यस्त रहने गयिका हुन् । अग्रज कोमल ओली र सिन्धु मल्ललाई आफ्नो आदर्श मान्दै आएकी उनी आफूलाई भर्सटाइल गायिकाको रूपमा समेत चिनाउन चाहन्छिन् । गायनका कारणले धेरै अवार्डसमेत हात पारेकी गायिका रितासँग दस प्रश्न ।

अचेल केमा व्यस्त हुनु हुन्छ ?
–स्टोज कार्यक्रम र गीत सङ्गीतको रेकडिङ यस्तै यस्तै हो । देशमा आयोजना हुने विभिन्न महोत्सवले धेरै व्यस्त बनाएको छ । 

स्टोज तताउन माहिर गायिका, सौन्दर्यमा कति ध्यान पुर्याउनु हुन्छ ?
– सौन्दर्यमा ध्यान धेरै दिने गरेकी छु । टिपटप बनेर स्टेज चढ्न मनपर्छ । गाजल, टिका, लिबिस्टीक मेरो नियमित श्रृंगार हुन् । 

कस्तो पहिरन मनपर्छ ?
– मनपर्ने पहिरन त धेरै छन् । सारी र वान पिसमा बढी रुचि छ । यी पहिरनले मेरो सौन्दर्यलाई अझ निखार्ने गरेका छन् ।

आकर्षक शरीरको राज नि ?
– त्यस्तो राज त केही छैन । खानपिनमा पनि ध्यान दिने गरेकी छु । बिहान नियमित मर्निङ वाक गर्छु । 

मोडलिङतिर रुचि छ कि छैन ?
– रुचि त धेरै छ । गायिकाले सबै चिज गर्दा नसुहाउला जस्तो लाग्छ । आफ्नो गीतहरूमा भने मोडलिङ गर्ने गरेकी छु । 

पूरा नभएका सपना छन् कि ?
– छैनभन्दा पनि हुन्छ । किनभने मेरो सानैदेखि गीत सङ्गीतमा इन्टेस थियो । त्यसैले गायन रोजेँ । गायनमा लागेर देश विदेश घुम्न पाएकी छु ।  

दुःखको क्षण सम्झनु पर्दा ?
– करिब दस वर्ष अगाडि बुबाको निधन भएको थियो । त्यो क्षण जीवनकै सबैभन्दा दुःखको क्षण हो । बुबाले मलाई सङ्गीतको क्षेत्रमा अगाडि बढाइरहनु हुन्थ्यो । 

गायिकालाई प्रेमका अफर कति आउँछन् ? 
– सेलिब्रेटी भएका कारणले मसँग माया गाँस्न चाहने धेरै छन् । कतिले गीत सङ्गीत सुनेर मन पराउँछन् । कतिले आकर्षक शरीर देखेर मान्छे राम्रो हुनुहँुदो रहेछ भनेर मन पराउँछन् । प्रेमका अफर दिने पनि धेरै छन् ।  यसलाई सामान्य नै लिएकी छु । मन पराउनु नराम्रो होइन । धन्यवाद भन्दै हाँसेर टार्ने गरेकी छु । कलाकार भएपछि फ्यानको चित्त दुखाउन पनि त भएन नि ।

गायिकालाई देशविदेशबाट उपहार आउँछ भन्ने गरिन्छ नि ?  
– हो, आउँछन् । देश विदेशमा रहेका फ्यानले दिएका उपहार नकार्न पनि सकिन्न । मैले पनि धेरै उपहार पाएकी छु । ल्यापटप, आइप्याड, मोबाइल, घडी, परफ्युम, लताकपडालगायतका धेरैथरी उपहारको रूपमा मैले फ्यानबाट पाएकी छु । 

गायनका अधुरा रहर छन् कि ?
–देशकै भर्सनटाइल गायिका भनेर चिनिन चाहन्छु । चलचित्र, लोक, आधुनिक सबै प्रकारका, सबै जातजातिका गीत गाउन सक्ने गायिका भनेर चिनिएर धेरैभन्दा धेरैको मनमा बस्ने रहर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप