शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘फाटेको जुत्ता’को सिक्वेलबाट प्रियंका आउट

शुक्रबार, २४ कात्तिक २०७४, १३ : २०
शुक्रबार, २४ कात्तिक २०७४

काठमाडौँ । पछिल्लो चलचित्रको सिक्वेल निर्माणको क्रम बढ्दो छ । यस्तैमा गत शुक्रबारबाट प्रदर्शनमा आएको र यसै साताबाट सफल प्रर्दशनको दोस्रो सातामा चढ्न सफल चलचित्र ‘फाटेको जुत्ता’को पनि सिक्वेल बन्ने भएको छ ।

बिहीवार साँझ राजधानीमा एक कार्यक्रम गर्दै निर्माता अर्जुन कुमारले ‘फाटेको जुत्ता’को सिक्वेल घोषणा गरे । आगामी नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गते प्रदर्शन गर्ने गरी सिक्वेल निर्माण हुने उनले जानकारी दिए ।

‘फाटेको जुत्ता’ले एक हप्तामा करिब ३ करोड कलेक्सन गरेको छ’ उनले भने ‘दर्शकको मायाका कारण सिक्वेल बनाउन लागेको हुँ ।’ चलचित्र ‘फाटेको जुत्ता’ले सिंगल र मल्टिप्लेक्समा दोसो साता पनि राम्रो व्यवसाय गर्ने उनले दाबी गरे । ‘फाटेको जुत्ता २’ लाई पनि निर्देशक निकेश खड्काले नै निर्देशन गर्ने अर्जुनले खुलाए ।
सौगात मल्ल, प्रियंका कार्की लगायत कलाकार लिएर ‘फाटेको जुत्ता’ बनाएका अर्जुनकुमारले सिक्वेलमा प्रियंका बाहेकका कलाकार रहने जानकारी दिए । ‘नयाँ अभिनेत्री लिने मनसाए भएका कारण प्रियंका नलिने भनेको हुँ’ उनले थपे ‘अभिनेत्रीको टुंगो चाँडै लगाउने छु ।’

‘फाटेको जुत्ता’को प्रचारमा साथ नदिएको भन्दै निर्माता अर्जुनकुमार प्रियंका कार्कीदेखि रुष्ट थिए । सौगात मल्ल र अर्जुन उपस्थित चलचित्रको कार्यक्रममा सक्सेस पार्टीमा प्रियंकालाई बोलाइएको थिएन । अभिनेता सौगात मल्लले ‘फाटेको जुत्ता–२’ फेरी खेल्न पाउँदा खुसी महशुस भएको बताए । 

कार्यक्रममा अर्जुनले चलचित्र वितरण गर्ने घोषणा पनि गरे । घोषणामा उनले आफ्नो कम्पनीबाट चलचित्र वितरण गरे निर्माताले प्रचारप्रसारमा लाग्ने खर्च तिर्नु नपर्ने जनाए । ति सबै खर्च आफैले गर्ने कार्यक्रममा जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप